"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

गायक दीप श्रेष्ठलाई संगीततर्फ ‘दीर्घसाधना सम्मान’ प्रदान गरिने

प्रकाशित मिति :  18 June, 2025 6:36 pm


काठमाडौँ – पाँच दशक अघिदेखि संगीतको क्षेत्रमा सक्रिय रहेका वरिष्ठ गायक दीप श्रेष्ठलाई ‘नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान दीर्घसाधना सम्मान’ प्रदान गरिने भएको छ।

संगीत क्षेत्रमा श्रेष्ठकाे अतुलनीय योगदानको कदर गर्दै यस वर्ष दीर्घसाधना सम्मान प्रदान गर्ने घोषणा गरेको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी कुलपति निशा शर्माले जानकारी दिइन्। उनलाई दुई लाख रूपैयाँसहित र ताम्रपत्र सम्मान  गरिनेछ।

गायक श्रेष्ठ १८ वर्षदेखि रेडियो नेपालमा ‘म पत्थरको देवता होइन’ बोलको गीत रेकर्ड गरी संगीत क्षेत्रमा प्रवेश गरेका हुन्। उनको जन्म २००७ साल मंसिर २६ गते सुनसरीको धरानमा भएको हो।

श्रेष्ठले रेडियो नेपालबाट २०२७ साल र २०२८ सालमा पुरुषतर्फ उत्कृष्ट गायन उपाधि र २०३० सालमा स्वर्ण पदक प्राप्त गरेका थिए। उनले चार सय बढी गीत गाइसकेका छन्। प्रतिष्ठानले दीर्घसाधना सम्मानसहित ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ पाउने नौ जना स्रष्टाको नामावली सार्वजनिक गरेको छ।

यस्तै ‘नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार’ गायिका कुन्ती मोक्तान, वरिष्ठ संगीत संयोजक राजु अग्रवाल, वरिष्ठ नृत्य निर्देशक भुवनदास श्रेष्ठ, वरिष्ठ रंगकर्मी हरिबादुर थापा र वरिष्ठ नाटककार वेदकुमारी न्यौपानेलाई प्रदान गरिने भएको छ। खोज तथा अनुसन्धान नृत्य विधातर्फ खोज तथा अनुसन्धानकर्ता कृष्णप्रसाद पौडेल (नृत्यानन्द), वरिष्ठ लोकगायक नारायण रायमाझी र वरिष्ठ शास्त्रीय संगीत साधक कुशेश्वरप्रसाद राईलाई उक्त पुरस्कार प्रदान गरिने प्रतिष्ठानकी सदस्य सचिव कुष्मा महरा ‘प्रगति’ ले जानकारी दिइन्। उनका अनुसार सबै पुरस्कारकाे राशि  जनही एक लाख र ताम्रपत्र रहेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट राष्ट्रपति भवन शीतल निवासमा यही असार ११ मा उक्त पुरस्कार तथा सम्मान प्रदान गरिने कुलपति शर्माले जानकारी दिइन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रियसभाबाट ‘चलचित्र विधेयक २०८१’ सर्वसम्मतले पारित भएको छ। सिंहदरबारमा बुधबार बसेको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीको

काठमाडौँ- वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । उनको हृदयघातका कारण शनिबार बिहान निधन भएको चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश

काठमाडौँ – साहित्यकार निष्प्रभ सजीको उपन्यास ‘याली’ को लोकार्पण भएको छ। साहित्यकार एवं पत्रकार नारायण वाग्ले, अमर न्यौपाने र बिना थिङले

काठमाडौँ- पहिचान पुरस्कार कोषले यस पहिचान सम्मानबाट साहित्यकार, मुन्धुमविद् एवं नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला पुरस्कृत गर्ने भएको छ। काइँलाले नेपाली