"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नागार्जुनका मेयर मोहनबहादुर बस्नेत घुस मुद्दामा दोषी ठहर

प्रकाशित मिति :  20 June, 2025 10:57 pm


काठमाडौं – विशेष अदालतले जग्गा प्लटिङको नीतिगत निर्णय गरेर त्यसबाट अनुचित लाभ (घुस) लिएको आरोपमा नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतलाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले बस्नेतले ९ करोड २२ लाख ४६ हजार रुपैयाँ घुस लिएको ठहर गरेको हो । विशेष अदालतले उनलाई घुस दिने पद्मा कोलोनी प्रा.लि.का सञ्चालक राजु कँडेललाई पनि घुस दिएको आरोपमा दोषी ठहर गरेको छ ।

पद्मा कोलोनी प्रा.लि. एवं पद्मा मर्चेन्ट कम्पनीलाई लाभ हुनेगरी निर्णय गरेबापत मेयर बस्नेतले घुस लिएको अख्तियारको दाबी थियो । विशेष अदालतले ती दुई कम्पनीलाई पनि बिगो तिराउने फैसला गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

घुस बापत लिएको सम्पती बढाएकोमा मेयर बस्नेत सम्पत्ति शुद्धिकरण (अपराधबाट सम्पती आर्जन गरेको कसुर)मा पनि दोषी ठहर गरेको छ । बस्नेतले १३ करोड १२ लाख रुपैंया अपराधबाट कमाएको विशेष अदालतको ठहर छ । त्यसमा कँडेलले भने सफाई पाएका छन् । घुस र सम्पत्तिको मामिलामा मोहन बस्नेतकी पत्नी उर्मिला बस्नेतले सफाई पाएकी छन् ।

तीन वर्षभन्दा बढी सजाय हुने मुद्दामा आरोपितहरु कसुरदार भएमा उनीहरूलाई सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्छ । बस्नेत र कँडेलमाथि तीन वर्षभन्दा बढी सजाय हुनेपछि विशेष अदालतले सजाय निर्धारणका लागि १६ असारमा सुनुवाइको पेशी तोकेको हो ।

जगतगुरु कृपालुजी महाराजको नाममा बन्ने प्रतिष्ठानका लागि जग्गा किन्ने भन्दै नागार्जुन नगरपालिकाले ७ अर्ब ४८ करोड रुपैंया पाउन सहमति दिएको थियो । त्यो ठाँउको जग्गाको भाउ बढाएर बस्नेतले पछि त्यसबापत लाभ लिएको अख्तियारको दाबी थियो ।

४७ करोड ७५ लाख रुपैंया पर्ने जग्गाहरू जम्मा १९ लाख रुपैयाँमा किनाएको र त्यसक्रममा हुने लाभ मेयर बस्नेतले लिएको अख्तियारको दाबी थियो । त्यसक्रममा बैंकको खाताबाट २ करोड १५ लाख लिएको, ६ करोड ८२ लाख जग्गा किन्दाको पैसा तिराएको र २४ लाख ७२ हजार रुपैंया छोराको बिहेखर्च बापत तिराएको अख्तियारको आरोप थियो ।

विशेष अदालतले अख्तियारले पेश गरेको सबै विवरणलाई भ्रष्टाचारजन्य क्रियाकलाप मान्दै ९ करोड २२ लाख रुपैयाँ घुस लेनदेन भएको ठहर गरेको हो । भ्रष्टाचार निवारण ऐनमा एकदेखि १० करोड घुस लिनेलाई आठदेखि १० वर्ष कैद सजाय हुने व्यवस्था छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी