"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

काठमाडौं महानगर प्रमुखका उम्मेदवार काँग्रेस नेत्री सिंहको संकल्पपत्र सार्वजनिक

प्रकाशित मिति :  28 April, 2022 4:03 pm


काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार सिर्जना सिंहको संकल्प पत्र सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सात ‘स’ को सङ्कल्प व्यक्त गर्नुभएको हो ।

बिहीबार माइतीघर हाइटमा चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै प्रमुख पदकी उम्मेदवार सिंहले काँग्रेसको सिद्धान्त, आदर्शलाई मनन गरेर त्यसमा लाग्ने बताउनुभएको छ ।

सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा दिगो पर्यावरण, सुरक्षित सहर, संस्कृति, सम्पदा र सुरक्षा, सबल र समुन्नत पूर्वाधार र सबल युवा, स्वावलम्बी महिला, सिर्जनशील महानगर लगायतका मुख्य बुँदामा आधारित प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको हो ।

काठमाडौंस्थित शंकरदेव क्याम्पसबाट २०४१ सालमा बि। कम र त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र विषयमा वि।सं। २०६२ मा स्नाकोत्तर गर्नुभएको हो ।
काठमाडौं महानगर प्रमुख पदको उम्मेदवारी दिदै गर्दा बीपी, किसुनजी, गणेशमान सम्झन चाहन्छु, उहाँले भन्नुभयो – म गणेशमान र मङ्गलादेवीकी बुहारी हुँ ।मेयर भनेको ठूलो पद हो भन्ने छ तर, सबैभन्दा पहिले सुशासनप्रति ध्यान दिइने उहाँको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले