"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कालीगण्डकी गाउँपालिकाद्धारा ६१ करोड ६० लाख ५९ हजारको बजेट पेश [पूर्ण पाठ सहित]

प्रकाशित मिति :  25 June, 2025 9:33 am


स्याङ्जा – कालीगण्डकी गाउँपालिको १७ औँ अधिवेशनको गाउँसभामा गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पेश भएको छ । उपाध्यक्ष सावित्रा कोइरालाद्धारा पेश बजेट वक्तव्यमा संघ, प्रदेश र आन्तरिक स्रोतबाट रु ६१ करोड ६० लाख ५९ हजारको आय प्राप्त हुने अनुमान पेश गर्नुभएको छ । उक्त आय अनुमान मध्ये ३८ प्रतिशत चालु र ६२ प्रतिशत पुँजीगत क्षेत्रमा खर्च छुट्याईएको छ ।

बजेटमा सिँचाई आयोजनाहरु, स्वास्थ्य बीमा, शिक्षा तथा खेलकुद, स्वास्थ्य, पोषण, सडक आयोजना, कालीगण्डकी अस्पताल भवन निर्माण कृषि पशुपन्छी विकास लगाएतका मुख्य योजनाहरुमा बजेटको ठूलो अंश विनियोजना भएको छ ।

तीन सन्तान जन्माउनेलाई प्रोत्साहन

गाउँपालिकामा पछिल्लो समयमा जनसंख्या घट्दै गएको छ । कम्तीमा तीन सन्तान जन्माउनेलाई प्रोत्साहन गर्ने भएको छ । दुई भन्दा बढी सन्तान जन्माउने परिवारलाई बालबालिकाको पालनपोषणमा सहयोग उपलब्ध गराइने गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताए ।

आर्थिक वर्ष २०८२ ०८३ लागि १० लाख बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष सावित्रा कोइरालाले बताइन्। गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरेर नै धेरै सन्तान जन्माउनेलाई प्रोत्साहन गर्न बजेटको व्यवस्था गरिएको उनले बताइन् ।

बाँझो जमिन राख्नेलाई जरिवाना

अबदेखि गाउँपालिकाभित्र कुनै जमिन बाँझो राख्न पाइने छैन । यदि कसैले बाँझो राखेमा जरिवाना तिनुपर्ने गाउँपालिकाले नीति लिएको छ । खेतीयोग्य कुनै पनि जमिन बाँझो राख्नेलाई गाउँपालिकालाई जरिवाना तिर्नुपर्नेछ । जरिवाना राजस्वको रूपमा संकलन गरिनेछ । व्यक्तिगत वा सामूहिक खेती गर्न चाहने किसानलाई गाउँपालिकाले उत्पादनका आधारमा अनुदानको व्यवस्था गर्नेछ ।

युवालाई विदेश होईन विजनेश

युवालाई विदेश होईन विजनेश भन्ने अभिप्रायले युवा उद्यमशिलता प्रवद्र्धन गरि आन्तरिक रोजगारी सिर्जनाका लागि विदेश होईन विजनेश कार्यक्रम, विजनेश स्टार्टपका लागि विउ पुँजि अनुदान दिने व्यवस्था गरेको छ । यस्ता कार्यक्रमले आन्तरिक उत्पादन, अर्थतन्त्र विकास र स्वदेशमा नै रोजगारीको विकास हुने विश्वास लिएको छ ।

गाउँपालिको असार ६ गतेको गाउँसभाको पहिलो बैठकमा अध्यक्ष खिम बहादुर थापाले पेश गर्नु भएको नीति तथा कार्यक्रम सर्वसम्मतीले पास गरेको छ । गाउँपालिकामा जन्मथलो भई विभिन्न खेलकुदका क्षेत्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय पदक पाउन सफल खेलाडीलाई गाउँपालिकाले सम्मान तथा पुरस्कार प्रदान गरेको छ । साथै आर्थिक वर्ष २०८१/८२ मा उत्कृष्ट कार्यसम्पादन गर्ने ५ जना कर्मचारीलाई पुरस्कृत र सम्मान गरेको छ ।

पूर्ण पाठ हेर्नुहोस :



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उदगार गोइतसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ

काठमाडौं – पीएचडी नै नगरी झुटो विवरणका आधारमा त्रिभुवन विश्वविद्यालयको सहपरीक्षा नियन्त्रक नियुक्त गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडामा कोरोना भाइरसको स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको ठहर

काठमाडौं – घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । जय किसान माध्यमिक