"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पोखरा–जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द

प्रकाशित मिति :  28 June, 2025 12:22 pm


मुस्ताङ – बर्खायाममा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीहरूले पोखरा–जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द गर्ने निर्णय गरेका छन् ।

उक्त रुटमा नियमित उडान भर्दै आएको तारा एयरलाइन्सको ट्वीनअट्टर जहाजले यही असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको कम्पनीका जोमसोम स्टेसन इन्चार्ज सुजन लालचनले जानकारी दिएका छन् । उनका अनुसार तारा एयरलाइन्सले आगामी सेप्टेम्बरको पहिलो साताबाट पुनः उडान सञ्चालन गर्नेछ ।

‘हवाई यात्रु घटेको र मौसम प्रतिकूल भएको कारणले तारा एयरलाइन्सले उडान स्थगित गरेको हो, नयाँ सिजन सुरु भएपछि उडान फेरि सुरु हुन्छ,’ इन्चार्ज लालचनले बताए ।

समिट एयरलाइन्सले पनि यही असार २० गतेदेखि दुई महिनाका लागि पोखरा–जोमसोम हवाई उडान बन्द गर्ने जनाएको छ । जोमसोमस्थित समिट एयरलाइन्सका स्टेसन इन्चार्ज सुमन थकालीले एक हप्तापछि दुई महिनाका लागि उडान बन्द गर्ने निर्णय भएको जानकारी दिए ।

‘हाल यस रुटमा दैनिक एउटा मात्रै उडान भइरहेको छ, हवाई यात्रु पनि घट्दै गएका छन्,’ इन्चार्ज थकालीले बताए ।

जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार मनसुन सुरु भएसँगै हवाई यात्रु घटेका छन् । उनका अनुसार तारा एयरलाइन्सले उडान स्थगित गरिसकेको छ भने समिट एयरलाइन्सले पनि केही दिनमै उडान स्थगित गर्ने जानकारी दिएको छ ।

बर्खायाम सुरु भएसँगै हवाईमार्ग मात्र होइन, सडकमार्गबाट जोमसोम आउने यात्रुको सङ्ख्या पनि घटेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौं –  सुर्खेत उपत्यका नगर विकास समिति वीरेन्द्रनगरमा कार्यरत रहँदा  झण्डै ३ करोड हिनामिना गरेको आरोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

काठमाडौं – नेपाल विद्युत प्राधिकरण सप्तरीस्तित कञ्चनपुर वितरण केन्द्रका प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले