"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समृद्धी र सुशासनको संकल्प सहित गल्याङको मेयरमा गुरु भट्टराईको लोकप्रियता

प्रकाशित मिति :  १८ बैशाख २०७९, आईतवार १४:४३


स्याङ्जा । स्थानीय चुनावमा स्याङजाको गल्याङ नगरपालिकामा हेभिवेट प्रतिस्पर्धा देखिए पनि नेपाली कांग्रेसका उमेदवार गुरु भट्टराईको लोकप्रियता देखिएको छ । समुन्नति र सुशासन नगर निमार्णको परिकल्पना सहित आगामी पाचँ बर्षमा नगरलाई नमुना नगरको रुपमा विकास गरि राष्ट्रि«य रुपमा नै परिचित गराउने कार्ययोजनाहरु उनले सार्वजनिक गर्दै छन् ।

नगर भित्रको राजनीतिक, भौगोलीक, आर्थिक, सामाजिक, सांस्कृतिक पक्षहरु सहित विकासका सम्भावनाहरुका बारेमा मिहिन ढंगले अध्ययन गरेका भट्टराईले आफ्नो घोषणापत्रमा समेत फरक ढंगको सोचलाई व्यक्त गरेका छन् । युवा र अग्रजहरुमा अत्यन्तै लोकप्रीय नेताका रुपमा देखिन्छन् ।

समुन्नत नगर निमार्णका लागि यहाँका सम्भावीत आधार र प्राथमिकताहरुका बारेमा पनि आफुसंग स्पष्ट कार्ययोजना रहेको र क्रमिक रुपमा त्यी योजनाहरुलाई कार्यान्वयन गर्दै जनतामाझ लैजाने उनले बताएका छन् ।

छिमेकी पालिका वालिङको राष्ट्रिय परिचर्चा, सुशासन र कार्यसम्पादनमा अब्बलता जस्ता विषयले पनि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसंग समन्वयन गरि गल्याङ नगरपालिका भित्रका सम्भावित विकासमा आफु सक्रिय रुपमा लाग्ने बताएका छन् ।

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुदै जिल्ला सचिवमा भट्टराईको राजनीतिक चिन्तन, फरक ढंकको कार्यशैलि युवाहरु विच लोकप्रिय छ । नेविसंघको विद्यार्थी राजनीतिबाट उदाएका भट्टराईले पार्टीको सांगठनीक र वैचारिक रुपमा अब्बल पनि देखिन्छन् ।

केन्द्रमा महामन्त्री गगन थापा निकटत्तम मानिने गुरु, गगन कै कार्यशैलिका देखिन्छन् । पार्टीको विधानलाई शिरमा राखेर जनताका माग र आवश्यकतालाई अगाडी बढाउन खरो र नरम दुवै रुपमा उत्रिन तयार देखिन्छन् । जिल्ला र केन्द्रमा समेत बेथितिका विरुद्ध उनको खवरदारी निरन्तर सुनिन्छन् । नेपाली कांग्रेसको जिल्ला सचिवमा भारी मत सहित निर्वाचित भएपछि उनको चर्चा अझै चुलिएको छ ।

राजनीतिक यात्रा

नेपाली काँग्रेस गल्याङ नगरको नगर प्रमुख पदको उमेदवार गुरूप्रसाद भट्टराई २०३४ साल पुस २७ गते पृथ्वी जयन्तीका दिन हाल गल्याङ नगरपालिका वडा नं ३ सिम्लेमामा जन्मीएका थिए । २०४६ सालमा नेविसंघको साधारण सदस्य संगै १३ बर्षको उमेरबाट नै राजनीतिमा प्रवेश गरेका थिए ।

नेविसंघमा निरन्तर लाग्दै २०५४ सालमा वालिङ बहुमुखी क्याम्पसको सह-सचिव , २०५७ सालमा नेविसंघ पाल्पा-स्याङ्जा सम्पर्क समितिको सभापति, २०६० सालमा नेविसंघ स्याङ्जा जिल्लाको उपसभापति, २०६३ सालमा नेविसंघ स्याङ्जाको सभापति, २०६७ सालमा नेपाली काँग्रेसको जिल्ला सदस्य हुँदै नेविसंघ केन्द्रीय सदस्य भएका थिए ।

पार्टीमा निरन्तर लागेका भट्टराई २०७२ सालको नेपाली काँग्रेसको १३ औं महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि हुँदै २०७८ सालको १४ औं महाधिवेशनबाट अत्याधिक मत सहित महासमिति सदस्य सहित जिल्ला सचिव निर्वाचित भए ।

भट्टराई राजनीतिमा निस्वार्थ रूपमा ३२ बर्षको यात्रामा विभिन्न उतारचढावका बिच निरन्तर कुशल संगठन कर्ताको रूपमा लागेका एक असल, स्वच्छ छवि भएको, ईमानदार राजनीतिक नेताका रुपमा सबै जनताका प्रिय पात्र, सहयोगी, कर्तव्यनिष्ठ, हक्कि स्वभाव एवं काँग्रेसमात्र नभई सम्पूर्ण नगरबासिका प्रिय पात्रको रूपमा परिचित अनुहार हो ।

गल्याङ नगरले आशा र भरोसा गरेको व्याक्ति नगर प्रमुख पदको उमेदवार पाउँदा नगरबासि उत्साहित छन । लामो समय पार्टीमा निरन्तर गरेको योगदान र मुल्या ङकन जनताले पक्कै गर्नेछन ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार कार्कीले विश्वासको मतका लागि प्रदेशसभा बैठकमा राखेको प्रस्तावको

काठमाडौँ – गृह मन्त्रालयले नागरिकता समस्या समधानका लागि अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन

काठमाडौँ – निर्वाचन आयोगले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न प्रस्ताव गरेको छ । आइतबार आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी

काठमाडौँ- लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री बादशाह कुर्मीले राजीनामा दिएका छन्। बाँकेकी निर्मलादेवी कुर्मीको अपहरण गरी बेपत्ता बनाएको आरोप लागेका