"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निजामती विधेयक तोडमोड छानबिन गर्न सात सदस्यीय विशेष समिति गठन

प्रकाशित मिति :  5 July, 2025 10:01 pm


काठमाडौँ – संघीय निजामती विधेयकको कुलिङ पिरियडमा भएको गडबडीबारे छानबिन गर्नका लागि विशेष संसदीय समिति बन्ने भएको छ ।

सभामुख देवराज घिमिरेसहित विभिन्न दलका नेताहरूबीच शनिबार भएको छलफलपछि उक्त विषयको छानबिनका लागि समिति बनाउने निर्णय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । उनका अनुसार समिति ७ सदस्यीय रहनेछ ।

जसमा नेकपा एमाले र नेपाली कांग्रेसको तर्फबाट २/२ सदस्य रहनेछन् । त्यस्तै, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट १/१ जना सदस्य रहनेछन् ।

बर्तौलाका अनुसार संसद्को नियमावलीको १८० बमोजिम उक्त समिति बनाउने निर्णय भएको हो । उनका अनुसार समितिमा रहने सदस्यहरूको नामावली सोमबार सार्वजनिक गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद