"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा छ : प्रधानमन्त्री

प्रकाशित मिति :  8 July, 2025 1:58 pm


काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्धस्तरमा लागेको बताएका छन् । 

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत उद्धारमा सरकारका तर्फबाट गरिने प्रयासमा कुनै कमी नहोस् भनेर निर्देशन दिइएको समेत जानकारी गराएका छन् । ‘यस दुःखद क्षणमा अत्यावश्यकबाहेक निर्धारित कार्यक्रम स्थगित गरेर प्रभावित क्षेत्रमा भइरहेको उद्धार कार्यबारे सुरक्षा निकायसँग नियमित रिपोर्टिङ लिइरहेको छु,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘विपद् सम्भावित क्षेत्रमा आपत्‌कालीन सहायता उपलब्ध गराउन तीव्र समन्वय गरिएको छ । सरकारी निकायहरुले उद्धारको काम गरिरहेका छन् । त्यसमा सबैको सहयोग अपेक्षा गर्दछु ।’

प्रधानमन्त्री ओलीले बाढीले केही नागरिकको ज्यान गएको र केही बेपत्ता भएका दुःखद खबर आएका र ठूलो भौतिक क्षति पुर्‍याएको आफूले जानकारी पाएको बताएका छन् । उनले बाढीमा ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै विपद्को पीडामा रहकाे नागरिकप्रति सहानुभूति पनि प्रकट गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद