"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

उद्धार र राहतका कार्यहरु सरकारको प्राथमिकतामा छ : गृहमन्त्री

प्रकाशित मिति :  9 July, 2025 3:30 pm


काठमाडौँ — गृहमन्त्री रमेश लेखकले प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उद्धार र राहतका कार्यहरुलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा गृहमन्त्री लेखकले विपद्‍मा परेका नागरिकको उद्धार मात्र नभई संकट परेका बेला पनि सरकार नागरिकसँगै छ भन्ने आशाको सञ्चार गराउन सफल भएको बताए । 

‘हालसम्म हवाई उद्धारबाट ३० जनाको सफलतापूर्वक उद्धार भएको छ । विपद्मा फसेका नागरिकको उद्धार मात्रै होइन विपद्मा परेका नारिकलाई सरकार हाम्रो साथमा छ भन्ने आशाको सञ्चार समेत सरकारले गराएको छ । नेपाल–चीन सीमा क्षेत्रबाट चार जना भारतीय र एक जना नेपालीको हेलिकेप्टरमार्फत समयमै उद्धार गरिएको थियो,’ गृहमन्त्री लेखकले भने ।

त्यस्तै उनले रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका दुई जना प्रहरी र सात जना स्थानीयवासी गरी ९ जनाको स्थलगत उद्धार गरिएको जानकारी दिए ।

संयुक्त सुरक्षाकर्मीको टोलीले जोखिमपूर्ण स्थितिमा उद्धार कार्य गरेको उनको भनाइ छ । गृहमन्त्री लेखकले रसुवागढी जलविद्युत आयोजनाको ड्याम साइडमा फसेका एक चिनियाँ नागरिक, १५ जना नेपाली पुरुष र दुई जना महिला गरी १८ जनाको स्थलगत उद्धार गरिएको पनि बताए ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी गरी रसुवा बाढीपछिको उद्धारमा ६८२ जना सुरक्षाकर्मी खटिएको समेत उनले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्