"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अन्नपूर्ण केवलकारमा यात्रुका लागि निःशुल्क बस सेवा सुरु

प्रकाशित मिति :  4 May, 2022 10:50 am


पोखरा । पोखरास्थित अन्नपूर्ण केवलकारले यात्रुका लागि विशेष बस सेवा सञ्चालन गरेको छ । बिहान ५ बजेदेखि सेवा सुरु गरेको केवलकारले स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि बस सेवा सुरु गरेको हो ।
केवलकार स्टेशन रहेको सेदीबगरसम्म पुग्नका लागि कम्पनीले पोखराका विभिन्न स्थानबाट निःशुल्क बस सेवासमेत सञ्चालनमा ल्याएको हो ।
केवलकारमा यात्रा गर्नुहुने स्वेदशी तथा विदेशी यात्रुलाई बिहान ४ः२५ मा फिस्टेल गेट, ४ः३० मा आम्बोट गेट, ४ः३५ मा गौरीघाट, ४ः४० मा बाराही चोक, ४ः४५ मा सेन्टर पोइन्ट र ४ः५० मा हल्लन चोकबाट स्टेशनसम्म लैजानका लागि बस पुग्नेछ ।
केवलकारले बिहान ५ बजेदेखि नै सेवा सुरु गर्नका लागि यस्तो सुविधा प्रदान गर्न लागेको हो । सराङकोटको डाँडाबाट माछापुच्छ«ेलगायत थुप्रै हिमालको मनोरम र सूर्योदय हेर्न चाहनुहुने पर्यटकको लागि यो सुविधा प्रदान गर्न लागिएको हो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आर्थिक वृद्धिदर ७ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । आगामी आर्थिक

काठमाडौँ – जिल्ला प्रहरी कार्यालय, कास्कीको मुद्दा फाँटमा कार्यरत प्रहरी वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीविरुद्ध ५० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालयमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्।सिंहदरबारमा शुक्रबार बसेको