"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच एकता

प्रकाशित मिति :  18 July, 2025 9:09 pm


काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) र नेकपा एकता राष्ट्रिय अभियानबीच एकीकरण भएको छ। शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित समारोहमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी र वामदेव गौतम नेतृत्वको एकता राष्ट्रिय अभियानबीच एकीकरण भएको हो।

एकतापछि नेपाल र गौतमले अंगालो हानेका थिए। त्यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालसँग पनि गौतमले अंकमाल गरेका थिए।

यसअघि नेकपा एमालेसँग एकता गर्ने तयारी गरे पनि सहमति नजुटेपछि गौतमले एकीकृत समाजवादीसँग एकीकरण गरेका हुन्। दुवै दलबीच एकीकरण भए पनि गौतमले पाउने पदबारे टुंगो नलागेको नेताहरूले बताएका छन्। चाँडै एकीकृत पार्टीको बैठक बसेर पदको टुंगो लगाइने उनीहरूको भनाइ छ।

नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएपछि केही समय तटस्थ बसेका गौतमले आफ्नै नेतृत्वमा नेकपा एकता राष्ट्रिय अभियान पार्टी बनाएका थिए। कार्यक्रममा नेताहरूले दुवै पार्टीबीच भएको एकता घोषणा कम्युनिस्ट आन्दोलनका लागि कोशेढुंगा सावित हुने दाबी गरे।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने