"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसका ६ पूर्वपदाधिकारी चाक्सबारीमा

प्रकाशित मिति :  21 July, 2025 9:49 pm


काठमाडौँ — सत्तारुढ कांग्रेसका ६ जना पूर्वपदाधिकारी चाक्सबारीमा भेला भएका छन् । पूर्वमहामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा कांग्रेसका ६ जना पूर्वपदाधिकारी भेला भएका हुन् । 

सोमबार साढे ३ बजेदेखि जारी भेलामा उपप्रधानमन्त्री सिंह, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, डा. शशांक कोइराला र विमलेन्द्र निधी सहभागी छन् । यो बैठकमा कांग्रेसका वर्तमान प्रवक्ता प्रकाशशरण महत पनि सहभागी रहेका छन् ।

उपप्रधानमन्त्री सिंहका प्रेस संयोजक जगन्नाथ दुलालका अनुसार कांग्रेसको संगठन सुदृढीकरणदेखि मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफलका लागि पूर्वपदाधिकारीहरू चाक्सीबारीमा भेला भएका हुन् । ‘बैठकमा पार्टीको आगामी महाधिवेशन, कांग्रेसको संगठन सुदृढीकरण, मुलुकको राष्ट्रिय राजनीति र पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे उपप्रधानमन्त्रीज्यूको निवासमा पूर्वपदाधिकारी र वर्तमान प्रवक्ताको बैठक बसेको हो,’ दुलालले भने ।

कांग्रेसका पूर्वपदाधिकारीले पछिल्लो समय आपसी भेटवार्तालाई बाक्लो बनाइरहेका छन् । उनीहरूले पार्टीको आगामी महाधिवेशन केन्द्रित भेटघाटलाई बढावा दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने