"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कांग्रेसका ६ पूर्वपदाधिकारी चाक्सबारीमा

प्रकाशित मिति :  21 July, 2025 9:49 pm


काठमाडौँ — सत्तारुढ कांग्रेसका ६ जना पूर्वपदाधिकारी चाक्सबारीमा भेला भएका छन् । पूर्वमहामन्त्रीसमेत रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा कांग्रेसका ६ जना पूर्वपदाधिकारी भेला भएका हुन् । 

सोमबार साढे ३ बजेदेखि जारी भेलामा उपप्रधानमन्त्री सिंह, कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, डा. शशांक कोइराला र विमलेन्द्र निधी सहभागी छन् । यो बैठकमा कांग्रेसका वर्तमान प्रवक्ता प्रकाशशरण महत पनि सहभागी रहेका छन् ।

उपप्रधानमन्त्री सिंहका प्रेस संयोजक जगन्नाथ दुलालका अनुसार कांग्रेसको संगठन सुदृढीकरणदेखि मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफलका लागि पूर्वपदाधिकारीहरू चाक्सीबारीमा भेला भएका हुन् । ‘बैठकमा पार्टीको आगामी महाधिवेशन, कांग्रेसको संगठन सुदृढीकरण, मुलुकको राष्ट्रिय राजनीति र पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे उपप्रधानमन्त्रीज्यूको निवासमा पूर्वपदाधिकारी र वर्तमान प्रवक्ताको बैठक बसेको हो,’ दुलालले भने ।

कांग्रेसका पूर्वपदाधिकारीले पछिल्लो समय आपसी भेटवार्तालाई बाक्लो बनाइरहेका छन् । उनीहरूले पार्टीको आगामी महाधिवेशन केन्द्रित भेटघाटलाई बढावा दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको