"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भ्रष्टाचार नियन्त्रणमा कठोर कदम चाल्न सरकारलाई सांसदहरूको ध्यानाकर्षण

प्रकाशित मिति :  22 July, 2025 9:23 pm


काठमाडौँ- आर्थिक अनियमितता र भ्रष्टाचार बढ्दै गएका घटनाप्रति राष्ट्रियसभा सांसदले चिन्ता व्यक्त गर्दै सरकारलाई गम्भीर र कडा कदम चाल्न आग्रह गरेका छन् । आजको राष्ट्रियसभाको बैठकमा समसामयिक विषयमा धारणा राख्दै सांसदहरूले सरकारको ध्यान भ्रष्टाचार नियन्त्रणमा केन्द्रित गरिनुपर्नेमा जोड दिएका हुन् ।

सांसद उदयबहादुर बोहोराले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको आवाज रेकर्ड प्रकरणको उल्लेख गर्दै उनको राजीनामा माग गरे। उनले निष्पक्ष छानबिनको आवश्यकता औँल्याए। सांसद कमला पन्तले दिगो विकास तथा सुशासन समितिको नियमावली संशोधन प्रस्तावको सुनुवाइ नभएकोप्रति असन्तुष्टि जनाउँदै समितिलाई थप प्रभावकारी र उत्तरदायी बनाउनु पर्ने धारणा राखिन्।

सांसद जगतबहादुर पार्कीले भारतमा आधार कार्डका आधारमा व्यवसाय गरिरहेका नेपाली नागरिकलाई नागरिकता भएका कारण अनावश्यक दुःख दिइएको भन्दै समस्या समाधानमा सरकारी पहल आवश्यक भएको बताए। सांसद दुर्गा गुरुङले कर्णालीमा बाढीपहिरोले जनधनको क्षति गरेको भन्दै अग्रिम तयारी र तत्काल राहत व्यवस्थापनमा ध्यान दिन सरकारलाई आग्रह गरे। सांसद नारायणदत्त मिश्रले निजामती विधेयकमा आएको ‘कुलिङ पिरियड’ सम्बन्धी फरक धारबारे बृहत् छलफलको माग गरे।

सांसद भुवन सुनार र मदनकुमारी शाह ‘गरिमा’ ले जलवायु परिवर्तन र छाउगोठ प्रथाजस्ता सामाजिक र वातावरणीय विषय उठाउँदै सरकारको उत्तरदायित्व र संवेेदनशीलता बढाउन माग गरे। सांसद मोहम्मद खालिदले सिरहाको जेलमा कैदीहरूबीचको झडपमा १३ जना घाइते भएको घटनाबारे छानबिन समिति गठन गर्नुपर्ने माग गरे। सांसद युवराज शर्माले जननेता बीपी कोइरालाको विचार गणतन्त्र सुदृढीकरणमा उपयोगी हुने विश्वास व्यक्त गरे।

सांसद राजेन्द्रलक्ष्मी गैरेले महिला हिंसाविरुद्ध उठाइएका आवाज अझै प्रभावकारी बन्न नसकेकोमा असन्तुष्टि जनाइन्। सांसद सुरेशकुमार आलेमगरले भने भ्रष्टाचार नियन्त्रणमा सरकार अझ गम्भीर र प्रभावकारी रणनीति ल्याउनुपर्नेमा जोड दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज (बिहीबार) शुभकामना

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले भारतसँगको सीमा विवादबारे उठेका प्रश्नलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाह पुनः

काठमाडौँ –   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएका दुई विधेयक

काठमाडौँ-  प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाल-भारत सीमा विवाद एकतर्फी मात्र नभएको बताएका छन्।  उनले भारतले नेपालको भूमि अतिक्रमण गरेको