"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

कानुनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण र लगानी वृद्धि सरकारको प्राथमिकता : प्रधानमन्त्री

प्रकाशित मिति :  30 July, 2025 5:54 pm


काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनी सुधार, वैदेशिक सम्बन्ध सुदृढीकरण, लगानी प्रवर्द्धन र पूर्वाधार विकास सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाल विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा नेपाल आत्मनिर्भरतर्फ अघि बढ्ने विश्वास व्यक्त गरे। उनले प्रभावकारी कूटनीतिमार्फत अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढ पार्ने प्रयास भइरहेको उल्लेख गर्दै द्विपक्षीय तथा बहुपक्षीय सहकार्यबाट वैदेशिक लगानी, सहयोग र ऋण जुटाउने अवसर सिर्जना गरिएको जानकारी दिए।

उनले खरिद ऐन र निर्माणसँग सम्बन्धित नीति तथा कानुनको पुनरावलोकन गरी संशोधनको प्रक्रिया थालिएको पनि बताए । व्यक्तिगत तथा संस्थागत क्षमता विकासमा सरकार केन्द्रित रहेको उल्लेख गर्दै नेपाललाई ल्यान्ड लक्ड बाट ल्यान्ड लिंक्ड देश बनाउने प्रयास भइरहेको दाबी गरे ।

प्रधानमन्त्री ओलीले भने, ‘खरिद ऐन र निर्माणसँग सम्बन्धित नीति तथा कानुनको अध्ययन गरी संशोधन गर्ने काममा ध्यान केन्द्रित छ। व्यक्तिगत एवं संस्थागत क्षमता विकासमा जोड दिइएको छ। पूर्वाधार र कनेक्टिभिटी विस्तार गरेर नेपाललाई ल्यान्ड लक्ड बाट ल्यान्ड लिंक्ड देश बनाउने प्रयास भइरहेका छन्। बहुराष्ट्रिय कम्पनीमार्फत मूल्य शृङ्खलाको विकासमा जोड दिइएको छ। निजी क्षेत्रमा पर्ने प्रभाव, श्रम तथा रोजगारमा गर्नुपर्ने सुधार र व्यापारमा पर्ने प्रभावका सम्बन्धमा सरकारले आवश्यक रणनीति तय गरेको छ। सबै पक्षबाट सहयोग जुटाएर नेपालको यो स्थानान्तरण दिगो बनाउन नेपाल सरकार लागि परेको छ।’

प्रधानमन्त्री ओलीले नेपाल सरकार सबै पक्षसँग सहकार्य गर्दै देशको रूपान्तरणलाई दिगो बनाउने लक्ष्यमा दृढ रहेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद