"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बालुवाटारमा कांग्रेस-एमाले शीर्ष नेताहरूविच छलफल

प्रकाशित मिति :  31 July, 2025 6:54 pm


काठमाडौं – सत्ता साझेदार दुई दलका शीर्ष नेताहरूबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको छ। नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल तथा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखकबीच कुराकानी भएको हो।

उक्त छलफलमा महान्याधिवक्ता रमेश बडाल पनि सहभागी थिए। छलफलको मुख्य एजेन्डा बागमती प्रदेश सरकारमा देखिएको विषय हो। यहाँ कांग्रेसका ५ जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् भने बुधबार मुख्यमन्त्री लामाले ३ जना मन्त्री नियुक्त गरे पनि शपथ भएको छैन। प्रदेश प्रमुख बिरामी भएर काठमाडौं आएपछि नवनियुक्त मन्त्रीहरूको शपथ रोकिएको अवस्था छ।

साथै बागमती कांग्रेस संसदीय दल नेता परिवर्तन भएको छ। मुख्यमन्त्री बहादुर सिं लामा तामाङलाई हराएर प्रदेश सभापतिसमेत रहेका सांसद ईन्द्रबहादुर बानियाँ संसदीय दल नेता बनेका छन्।

११० सदस्यीय बागमती प्रदेश सभामा कांग्रेसका ३७ जना सांसद छन्। बुधबार संसदीय दल नेता चुनाव हुँदा बानियाँका पक्षमा २२ र लामाका पक्षमा १४ जना र एक मत बदर भएको थियो। बानियाँ संसदीय दल नेता बनिसके पनि उनी मुख्यमन्त्री हुन पाउने वा नपाउने अझै प्रष्ट भइसकेको छैन।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद