"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

प्रकाशित मिति :  2 August, 2025 4:18 pm


काठमाडौँ-  खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक गरेको छ। प्रतिष्ठानले विसं २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये उत्कृष्टलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ। गत असार १५ गते पहिलो चरणमा उत्कृष्ट १५ पुस्तकको सूची सार्वजनिक गरिएको थियो।

अहिले छनोट प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीका १५ पुस्तकबाट पाँच पुस्तकलाई पद्मश्री उत्कृष्ट पुस्तक (संक्षिप्त सूची) निर्णायक मण्डलको सिफारिस बमोजिम सार्वजनिक गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए।

छनोट भएका कृतिहरुमा छुदेन काविमोको आख्यान ‘उरमाल’, रमेश भुसालको गैह्रआख्यान ‘छालबाटो’, भवानी खतिवडाको नियात्रा ‘प्रणाम सगरमाथा’, सरस्वती प्रतीक्षाको ‘स्व’ उपन्यास र तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ रहेको छ।

उनले यही सूचीबाट समितिले पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पुस्तक चयन गर्नेछ । उक्त पुरस्कारको राशी रू ३ लाख रहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — ११ वर्षीय बाल कथाकार नीतिक आचार्यको बाल कथासंग्रह ‘कङ्गारुको एकता’ सार्वजनिक भएको छ । उनको यो पहिलो एकल

काठमाडौं – अभिनेता राजेश हमालको पुस्तक युगदेखि युगसम्म सार्वजनिक भएको छ । शनिबार काठमाडौंका कमलादीस्थीत प्रज्ञा डवलीमा अभिनेता हमाल लगायतले

काठमाडौं – साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइले पाउने भएका छन् । ‘प्रलयकारी भयबिच पनि प्रभावशाली र दूरदर्शी रचनाहरूबाट

काठमाडौँ- काव्यकार डा. नवराज लम्सालको चौथो महाकाव्य ‘कल्प’ लोकार्पण गरिएको छ। शिखा बुक्सद्वारा आज (शुक्रबार) यहाँ आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री