"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तकको सूची सार्वजनिक

प्रकाशित मिति :  2 August, 2025 4:18 pm


काठमाडौँ-  खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले प्रदान गर्ने पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पाँच पुस्तक सार्वजनिक गरेको छ। प्रतिष्ठानले विसं २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकमध्ये उत्कृष्टलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ। गत असार १५ गते पहिलो चरणमा उत्कृष्ट १५ पुस्तकको सूची सार्वजनिक गरिएको थियो।

अहिले छनोट प्रक्रियाको दोस्रो चरणमा विस्तारित सूचीका १५ पुस्तकबाट पाँच पुस्तकलाई पद्मश्री उत्कृष्ट पुस्तक (संक्षिप्त सूची) निर्णायक मण्डलको सिफारिस बमोजिम सार्वजनिक गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए।

छनोट भएका कृतिहरुमा छुदेन काविमोको आख्यान ‘उरमाल’, रमेश भुसालको गैह्रआख्यान ‘छालबाटो’, भवानी खतिवडाको नियात्रा ‘प्रणाम सगरमाथा’, सरस्वती प्रतीक्षाको ‘स्व’ उपन्यास र तीर्थ गुरुङको उपन्यास ‘हिउँको गीत’ रहेको छ।

उनले यही सूचीबाट समितिले पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट पुस्तक चयन गर्नेछ । उक्त पुरस्कारको राशी रू ३ लाख रहेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट १० कृतिको अन्तिम सूची सार्वजनिक गरेको छ। गुठीले प्राप्त २९८ पुस्तकमध्येबाट छनोट

काठमाडौँ- कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित फिल्म ‘मदनकृष्ण’ बन्ने भएको छ। उक्त फिल्ममा अभिनेता श्रेष्ठसँगै मह सञ्चारसँग जोडिएका किरण केसी, राजाराम

काठमाडौं – मधुपर्क सम्मान २०८३ बाट तीन जना वरिष्ठ साहित्यकार सम्मानित भएका छन् । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले

काठमाडौँ- नेपाल आदिवासी जनजाति चलचित्र महासंघ संघीय परिषद्ले कलाकार, निर्देशक तथा छायांकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई