"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

प्रकाशित मिति :  2 August, 2025 9:32 pm


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शनिबार शीतल निवास पुगेर उनले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा प्रधानमन्त्री ओलीले आइतबारदेखि हुन लागेको आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।

आइतबारदेखि हुन लागेको तुर्कमेनिस्तान भ्रमणका सम्बन्धमा प्रधानमन्त्री ओलीले जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ। साउन २३ सम्म हुने तुर्कमेनिस्तान भ्रमणका लागि उनी आइतबार त्यसतर्फ प्रस्थान गर्दैछन्।

भूपरिवेष्ठित विकाशशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली तुर्कमेनिस्तान भ्रमणमा जान लागेका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी