"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

प्रकाशित मिति :  2 August, 2025 9:32 pm


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शनिबार शीतल निवास पुगेर उनले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। भेटका क्रममा प्रधानमन्त्री ओलीले आइतबारदेखि हुन लागेको आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए।

आइतबारदेखि हुन लागेको तुर्कमेनिस्तान भ्रमणका सम्बन्धमा प्रधानमन्त्री ओलीले जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ। साउन २३ सम्म हुने तुर्कमेनिस्तान भ्रमणका लागि उनी आइतबार त्यसतर्फ प्रस्थान गर्दैछन्।

भूपरिवेष्ठित विकाशशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली तुर्कमेनिस्तान भ्रमणमा जान लागेका हुन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद