"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

मुलुकको भाग्य र भविष्य कोर्न युवाहरुलाई राष्ट्रपतिको आग्रह

प्रकाशित मिति :  12 August, 2025 2:01 pm


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्न युवाहरुलाई सुझाव दिएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यही राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउनुपर्ने बताए ।

युगिन जिम्मेवारी पूरा गर्न युवाहरु सक्षम रहेको भन्दै उनले उद्यमशीलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने अहिलेको समयको माग भएको जिकिर गरे ।

राष्ट्रपति पौडेलले भने, ‘अब यही राजनीतिक व्यवस्थाको जगमा उभिएर मुलुकको भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरुको काँधमा छ । युगिन जिम्मेवारी पूरा गर्न तपाईंहरुको सक्षम हुनुहुन्छ । उद्यमशीलता र स्वरोजगारका क्षेत्रमा काम गर्नुपर्ने यो समयको माग हो ।’

उनले विश्वव्यापीकरण र सूचना तथा प्रविधिको तीव्र विस्तारको आधुनिक युगमा युवा पुस्ताले चाहेको विकास सुशासन र समृद्धिको सपना पूरा गर्नु नै आजको मुख्य कार्यभार भएको बताए । युवाको विदेश पलायन रोकेर उनीहरुलाई स्वदेशमै रोजगारीतर्फ आकर्षण गर्ने उद्यमशीलता विस्तार एवं प्रवर्द्धन गर्ने नीति र कार्यक्रमलाई प्राथमिकता दिन आवश्यक रहेको उनले बताए ।

राष्ट्रपति पौडेलले प्रविधिबाट अभ्यस्त नेपाल युवालाई स्वदेशमै अवर दिन सरकारले सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानीका लागि वातावरण निर्माण र नवप्रवर्तन र उद्यमशीलता विस्तारलाई प्राथमिकता दिएको बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद