"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालको कानूनअनुसार नै सामाजिक सञ्जाल नियन्त्रण गर्छौंः प्रधानमन्त्री ओली

प्रकाशित मिति :  19 August, 2025 6:17 pm


काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कानूनअनुसार दर्ता नभएका सामाजिक सञ्जालहरूलाई नियन्त्रण गर्ने बताएका छन्। मंगलबार राष्ट्रिय सूचना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल, डिजिटल प्लेटफर्महरूको दुरूपयोग धेरै भएको बताए।

‘सामाजिक सञ्जाल डिजिटल प्लेटफर्महरूको दुरूपयोग भएको छ। कतिपय सामाजिक सञ्जाल दर्ता गर्नु नपर्ने, गर्दिनँ, तिमीहरूको कानून मान्दिनँ भन्छन्। संविधान मान्दिनँ, यहाँ अराजकतावादीहरू जत्तिकै मान्दिनँ, दर्ता गर्दिनँ भन्छन्। त्यसो भए नेपाल सरकारले नियन्त्रण गर्नेछ,’ प्रधानमन्त्री ओलीले भने। यसो गर्दा स्वतन्त्रताको हक भएन भन्ने कुरा आउन सक्ने भन्दै उनले नियमभित्र रहनुपर्ने बताए।

‘दर्ता गर्नुपर्छ, जिम्मेवार ढंगले चलाउनुपर्छ। समाज ध्वस्त पार्ने, दर्ता नगर्ने, कानूनको दायरामा नआउने, पैसा कमाउने, कर नतिर्ने, जनता लुट्ने, ठग्ने, जनतालाई कुबाटोतिर धकेल्ने, देशलाई बर्बादीतिर धकेल्ने कोसिस गर्ने यस्ता प्रयास सरकारले हुन दिँदैन, यो स्पष्ट छ,’ उनले भने।

सरकारले सामाजिक सञ्जालको विधेयक ल्याउने उनले बताए। ‘विधेयक ल्याउँछ, अराजक हुन दिँदैन। संविधान र कानूनभित्र सबै बस्नुपर्छ। डेमोक्रेसी एनार्किजम होइन,’ उनले भने।

  • न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद