"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

बुद्ध जयन्तीका अवसरमा मोदी लुम्बिनी आउदै

प्रकाशित मिति :  २३ बैशाख २०७९, शुक्रबार १३:२९


काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यूनेस्कोको निम्तो मान्न आगामी २ जेठमा गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने भएका छन् । मोदी नेपाल आउने निश्चित भए पनि सार्वजनिक घोषणा हुन भने बाँकी नै छ । औपचारिक घोषणा नभए पनि सरकारले उनको भ्रमणको तयारी भने गरिरहेको छ ।

बुद्ध जयन्तीका अवसरमा संयुक्त राष्ट्र संघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन ९यूनेस्को०ले २ जेठमा लुम्बिनीमा आयोजना गर्ने विशेष कार्यक्रममा मोदी सहभागी हुनेछन् । स्रोतका अनुसार मोदी समकक्षी प्रधानमन्त्री शेरबहादुर देउवासँगै लुम्बिनीमा आयोजना हुने यूनेस्कोको उक्त कार्यक्रममा सँगै सहभागी हुने भए पनि काठमाडौं आउने कार्यतालिका भने छैन ।

‘प्रधानमन्त्री मोदी लुम्बिनी आउने निश्चित भएको छ । बुद्धजयन्तीका अवसरमा आयोजित कार्यक्रमको अतिथिका रूपमा यूनेस्कोले निमन्त्रणमा गरेको हो,’ स्रोतले अनलाइनखबरसँग भन्यो, ‘प्रधानमन्त्री देउवा र मोदी दुवैजना कार्यक्रममा सहभागी हुने भनिएको छ ।’

मोदीले त्यही दिन वृहत्त लुम्बिनी गुरुयोजना क्षेत्रभित्र भारत सरकारको कुनै परियोजनाको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको छ । तर, उक्त परियोजना के हो भन्ने अहिलेसम्म खुलेको छैन ।

लुम्बिनीको परिसरमा अन्य धेरै देशले आफ्नो संस्कृति झल्कने गुम्बासहितका संरचना निर्माण गरेका छन् । भारतले भने अहिलेसम्म केही बनाएको छैन । त्यसैले मोदीले भारतको परियोजना शिलान्यास गर्नेछन् ।

कार्यतालिकाअनुसार मोदी आएकै दिन भारत फर्किनेछन् । उनी बिहान करिब १० देखि ११ बजेको समयमा नेपाल आइपुग्ने छन् । लुम्बिनी क्षेत्रमा उनी ६ घण्टा बस्ने कार्यक्रम छ ।

मोदीलाई लुम्बिनीकै चर्चित धार्मिक स्थल स्वर्गद्वारीसम्म पु¥याउने विषयमा प्रयास भइरहेको स्रोतले जनाएको छ । नेपालको एउटा व्यापारिक घराना चौधरी समूहले उनलाई स्वर्गद्वारी लैजानका लागि प्रयास गरिरहेको छ ।

तर, सुरक्षा व्यवस्थापनको विषय र भारत सरकारको तयारी गरिरहेको पक्षले पनि यस विषयमा स्वीकृत जनाइसकेका छैनन् । ‘विनोद चौधरीले स्वर्गद्वारी लैजाने प्रयास गरिरहेका छन् । तर, सुरक्षाको विषयमा टुंगो लागेको छैन,’ स्रोतले भन्यो, ‘प्रधानमन्त्री आउने विषयमा सुरक्षा निकायलाई औपचारिक जानकारी छैन, विनोद चौधरीले मिडियाबाट थाहा पाएर सोर्सफोर्स लगाइरहेका छन् ।’

अहिलेसम्म मोदी लुम्बिनीमा ६ घण्टाभन्दा बढी समय नरहने भएकाले स्वर्गद्वारी पुग्ने सम्भावना भने नरहेको स्रोतको दावी छ । प्रधानमन्त्री देउवालेका गत १८ देखि २० चैतसम्म भएको तीन दिने भ्रमणका क्रममा पनि मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – ब्राजिलका पूर्वराष्ट्रपति फर्नान्डो कोलर डी मेलो पक्राउ परेका छन्। भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अभियोगमा सर्वोच्च अदालतले झण्डै ९

एजेन्सी / वीवीसि – अन्तरिक्षमा २८६ दिन बसेर नासाका दुई वैज्ञानिक सुनीता विलिअम्स सनी र ब्यारी ई विल्मोर बुचु पृथ्वी

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच भएको भेटवार्ता नोकझोँकमा परिणत भएको छ । ह्वाइट हाउसमा भएको

काठमाडौँ –  भारतका प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको भारतीय जनता पार्टी २७ वर्षपछि राजधानी दिल्लीमा राज गर्न पाउने भएको छ । दिल्ली