"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नागरिकता ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

प्रकाशित मिति :  22 August, 2025 9:25 pm


काठमाडौँ — राष्ट्रिय सभाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रिय सभाको शुक्रबारको बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विधेयक सर्वसम्मतिले पारित भएको हो । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरेका थिए ।

आमाको नामबाट नागरिकता प्रदान गर्ने कानुनी व्यवस्था सहज बनाउनका लागि यो विधेयक ल्याइएको थियो । राष्ट्रिय सभाबाट पारित विधेयक सन्देशसहित प्रतिनिधिसभामा पठाइनेछ । त्यसपछि सभामुख देवराज घिमिरेले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउनेछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद