"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नागरिकता ऐन संशोधन विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित

प्रकाशित मिति :  22 August, 2025 9:25 pm


काठमाडौँ — राष्ट्रिय सभाले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ लाई सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रिय सभाको शुक्रबारको बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रिय सभामा पुगेको विधेयक सर्वसम्मतिले पारित भएको हो । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयक सर्वसम्मतिले पारित भएको घोषणा गरेका थिए ।

आमाको नामबाट नागरिकता प्रदान गर्ने कानुनी व्यवस्था सहज बनाउनका लागि यो विधेयक ल्याइएको थियो । राष्ट्रिय सभाबाट पारित विधेयक सन्देशसहित प्रतिनिधिसभामा पठाइनेछ । त्यसपछि सभामुख देवराज घिमिरेले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाउनेछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण भएको बताएकी छिन् । बुधबार आयोजित सुशासन र

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट १७ चुनाव चिह्नका (एकलसहित) १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका

काठमाडौँ– प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीबाट आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी हुने निर्वाचन आचारसंहिताबारे शुक्रबार जानकारी गराइएको छ। निर्वाचन