"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध

प्रकाशित मिति :  26 August, 2025 5:37 pm


काठमाडौँ- प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने निर्विरोध निर्वाचित भएकी छन्। समिति सभापतिका लागि मनोनयन दर्ताको समयावधिभित्र न्यौपानेको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएकी हुन्।

न्यौपाने सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाट सभापतिका लागि प्रस्तावित थिइन्। न्यौपानेको मनोनयन प्रस्तावकमा सांसद रामहरि खतिवडा र समर्थकमा एमाले सांसद कृष्णगोपाल श्रेष्ठ छ। एकल उम्मेदवारी परेपछि न्यौपाने समितिको सभापतिमा निर्विरोध भएकी हुन्। यद्यपि सभापतिमा निर्वाचित भएको घोषणा भने बुधबार बस्ने समितिको बैठकले गर्नेछ।

न्यौपानेले पार्टीको निर्देशनअनुसार सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापति पदमा मनोनयन दर्ता गरेकी थिइन्। राज्य व्यवस्था समितिमा यसअघि घटेको घटना दोहरिन नदिने गरी सबैलाई विश्वासमा लिएर समितिलाई प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धता न्यौपानेको छ।

राज्य व्यवस्था समितिको सभापतिमा मनोनयन दर्ता गर्नुअघि मंगलबार नै न्यौपानेले संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी थिइन्। निजामती विधेयकमा रहेको विश्राम अवधि (कुलिङ अफ पिरियड) छेडखानी प्रकरणमा बिशेष समितिले नैतिक जिम्मेवार ठहर गरेपछि यसअघिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामा दिएका थिए।

कांग्रेस र माओवादीको गठबन्धन भई पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला संसदीय समितिमा दलीय भागबन्डा गरिएको थियो। सोही आधारमा सुशासन समिति कांग्रेसको भागमा परेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद