"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका सार्वजनिक

प्रकाशित मिति :  28 August, 2025 8:25 am


काठमाडौँ-  प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ। परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको चीन भ्रमण र कार्यक्रमबारे जानकारी दिएको हो।

प्रधानमन्त्री ओलीले यही भदौ १४ गतेदेखि १८ गतेसम्म चीन भ्रमण गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली सांघाई सहयोग शिखर सम्मेलनमा भाग लिन चीन जान लागेका हुन्। उनले भ्रमणका दौरान चिनियाँ राष्ट्रपति सी चीनफिङ र उपराष्ट्रपति हान झेङलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्रीले एनसिओ प्लस शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ। सो अवसरमा केही देशका नेताहरूसँग भेटवार्तासमेत गर्ने तयारीमा प्रधानमन्त्री छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति मन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, एमालेका सांसद छविलाल विश्वकर्मालगायत भ्रमण टोलीमा रहनेछन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद