"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चीन भ्रमणबारे प्रधानमन्त्रीद्धारा संसद्लाई जानकारी

प्रकाशित मिति :  29 August, 2025 5:10 pm


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिबाट हुने आफ्नो चीन भ्रमणबारे संसद्लाई जानकारी गराएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चीन भ्रमणबारे जानकारी गराएका हुन् । आजै बसेको मन्त्रिपरिषद् बैठकले भोलिबाट हुने प्रधानमन्त्री ओलीको चीन भ्रमण स्वीकृत गरेको थियो ।

भोलि (भदौ १४) गतेबाट १८ गतेसम्मका लागि प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलको टोली चीन भ्रमणमा जाँदैछ । शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण मुलुकको समग्र हितका लागि केन्द्रित रहने विश्वास व्यक्त गरेका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणमा उनी बुधबारसम्म चीनमा रहेछन् । त्यहाँ उनी सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिनेछन् । भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, शिक्षामन्त्री रघुजी पन्त, पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, सांसद् छविलाल विश्वकर्मासहितका उच्च अधिकृतहरू रहने बताइएको छ ।

एससीओ सम्मेलन १५ र १६ भदौमा उत्तरी चीनको तियान्जिनमा आयोजना हुँदैछ । त्यसको उद्घाटन चिनियाँ राष्ट्रपति सीले गर्दैछन् भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य मुलुकका सरकार तथा राष्ट्रप्रमुख समेत उपस्थित हुनेछन् ।

मन्त्रालयका अनुसार, त्यसक्रममा ओलीले चिनियाँ राष्ट्रपति सीसँग अलग्गै भेटवार्ता समेत गर्नेछन् भने १७ भदौमा उनले तिआन्जिनमा आयोजना हुने एससीओ प्लस शिखर सम्मेलनलाई सम्बोधन समेत गर्नेछन् । त्यसक्रममा उनले विभिन्न मुलुकका नेताहरूसँग समेत भेटवार्ता गर्ने कार्यक्रममा छ । सोही क्रममा उनले चीनका उपराष्ट्रपति हान झेङसँग समेत भेटवार्ता गर्ने छन् ।

त्यसक्रममा प्रधानमन्त्री ओली जापानी आक्रमणविरुद्ध चीनको प्रतिरोध युद्ध र विश्वव्यापी फासिवादविरोधी युद्धमा विजय प्राप्तिको ८० औं वार्षिकोत्सव कार्यक्रममा समेत सहभागी हुने भनिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान

काठमाडौं – सरकारले नेपाली सेनाका एक जना महासेनानीलाई सहायक रथीमा बढुवा गरेको छ । आइतबार सञ्चार सूचना तथा प्रविधि मन्त्रालयमा

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले सुशासन र दिगो समृद्धिको आधार नै स्वजागरण भएको बताएकी छिन् । बुधबार आयोजित सुशासन र