"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपालमा ८ महिनामा ७ लाख पर्यटकको आगमन

प्रकाशित मिति :  2 September, 2025 5:46 pm


काठमाडौँ — अंग्रेजी वर्ष २०२५ को जनवरीदेखि अगस्टसम्म ८ महिनामा नेपालमा विदेशी आगमन ७ लाख ३६ हजार ५ सय ६२ पुगेको छ । अध्यागमन विभागद्वारा जारी प्रारम्भिक तथ्यांकअनुसार, ८ महिनामा भारत, अमेरिका, चीन, बंगलादेश, बेलायत, अस्ट्रेलिया, श्रीलंका, थाइल्यान्ड, जर्मनी र जापानलगायत कम्तीमा ४० वटा देशबाट नेपाल आउने विदेशीको संख्या ७ लाख ३६ हजार ५ सय ६२ पुगेको हो ।

मासिक विवरण हेर्दा मार्चमा १ लाख २१ हजार ६ सय ८७ विदेशी आएको यो वर्षको सबैभन्दा बढी रेकर्ड हो । सबैभन्दा कम जुलाईमा ७० हजार विदेशीको नेपालमा आगमन भएको थियो । नेपाल सरकारले यो वर्ष १६ लाख पर्यटकको आगमन हुने प्रक्षेपण गरेको छ । त्यस्तै पर्यटन बोर्डले १३ लाख पर्यटक आगमन हुने प्रक्षेपण गरेको छ ।

पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरका अनुसार, नेपाल सरकार र पर्यटन बोर्डले तय गरेका दुवै लक्ष्य प्राप्त हुन चुनौतीपुर्ण रहेको छ । ‘नेपालको पर्यटक आगमन कोभिडअघिको लयमा फर्किसक्यो तर सरकारले घोषणा गरेको लक्ष्यअनुसार पर्यटकको संख्या वृद्धि गर्न महँगो र अपर्याप्त हवाई कनेक्टीभिटी चुनौतीका रूपमा देखिएको छ ।’ हवाई कनेक्टीभिटीबाहेक विदेशी आगमनको उतार–चढाव प्रायः बर्खा मौसम, सिजनल बिदा र अन्य बाह्य कारणसँग सम्बन्धित हुन्छन् ।

कोरोना महामारीपछि नेपाल पर्यटन क्षेत्रमा ठूलो गिरावट आएको थियो । २०२०/०२१ मा विश्वव्यापी स्वास्थ्य संकटका कारण पर्यटक आगमन न्यूनतम स्तरमा पुगेको थियो । तर, २०२५ को तथ्यांकले नेपाल पर्यटन उद्योग पुनः सामान्य अवस्थामा फर्किरहेको बोर्डले जनाएको छ ।

नेपालको पर्यटन बजारको क्षमता विकास गर्ने उद्देश्य राखेर स्थापना भएको पर्यटन बोर्डले चालु वर्ष १ अर्ब ५९ करोड रुपैयाँबराबरको बजेट तर्जुमा गरेको छ । जसमा कम्तीमा ६० करोड रुपैयाँ बजार प्रवर्द्धन गर्ने रहेको छ ।

विश्वभरका पर्यटक नेपालमा हिमालको सुन्दरता अवलोकन गर्न आउँछन् । सगरमाथा, अन्नपूर्ण क्षेत्र, पदयात्रा र साहसिक पर्यटन नेपालका प्रमुख आकर्षण हुन् । त्यस्तै, धार्मिक र सांस्कृतिक स्थलहरू पशुपतिनाथ, लुम्बिनी, भक्तपुर दरबार क्षेत्र पनि पर्यटकलाई आकर्षित गर्ने विश्व सम्पदामा पर्छन् । वन्यजन्तु हेर्ने र साहसिक गतिविधिको अनुभव चाहनेहरूका लागि चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज, राफ्टिङ, प्याराग्लाइडिङ जस्ता क्रियाकलापहरू पनि नेपालमा उपलब्ध छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

ललितपुर – अर्थमन्त्री रामेश्वर खनालले निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।आज ललितपुरमा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’ मा

काठमाडौँ – सरकारले अर्धवार्षिक समीक्षामार्फत चालू आर्थिक बर्षको बजेट खर्च अनुमान संशोधन गरेको छ। अर्थ मन्त्रालयले मंगलबार अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दैै

काठमाडौँ — सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले छैठौ इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्स २०२५ मा ‘बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स

काठमाडौं  – सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३ पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको