"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारविरुद्ध सडक संघर्ष गर्ने माओवादी निर्णय

प्रकाशित मिति :  4 September, 2025 5:14 pm


काठमाडौं – नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध सडक संघर्षको तयारी थाल्ने निर्णय गरेको छ । वर्षायाम र चाडबाड सकिएपछि सडक संघर्ष सुरु गर्ने गरी तयारी गरेको हो ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, ‘सरकारले जनताका मागहरू सम्बोधन गरेको पनि छैन । सुशासनको मामला कमजोर भएको छ, भ्रष्टाचार झन्झन् बढेको छ । यस परिस्थितिमा अहिले वर्षा पनि छ र चाडबाड पनि चाँडै आउँदैछ । अब सडक संघर्षको तयारी गर्नुपर्छ ।’

उनले थपे, ‘सडक संघर्ष गर्दाखेरि हामीले तात्कालीन कार्यनीतिक सवालहरुलाई पनि उठाएर लैजाने, रणनीतिक विषयहरूलाई पनि उठाएर लैजाने । अर्थात संविधानले व्यवस्था गरेको लोकतान्त्रिक गणतन्त्रात्मक समाजवाद र त्यसको साथसाथै समाजवादउन्मुख राज्यव्यवस्थाका स्वरूपहरू र त्यसका प्रष्ट दृष्टिकोणका बारेमा अब जनमत सिर्जना गर्दै जाने र भोलि हुने संघर्षमा त्यसलाई जोड्ने ।’

प्रवक्ता सापकोटाका अनुसार बैठकले मध्यपहाडी लोकमार्गमा २१ भदौदेखि पार्टीको अभियान पुन: सुरु गर्ने निर्णय समेत गरेको छ ।

पार्टीको अनुशासन, गुट-उपगुट अन्त्य गर्ने लगायतका विषयमा पनि छलफल भएको तर निर्णय नभएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद