"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नेपाली भाषा,कला, संस्कृति र सम्पदा संरक्षणलाई प्राथमिकता दिनुपर्छ : राष्ट्रपति

प्रकाशित मिति :  5 September, 2025 3:02 pm


काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको मौलिक कला संस्कृतिको संरक्षण र विकासमा सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा नेपाल कला तथा संस्कृति महोत्सवका अवसरमा आयोजित चित्रकला प्रर्दशनीको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर,कला,संस्कृति र सम्पदाको संरक्षण र विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका हुन्।

उनले लोकतान्त्रिक शासन प्रणालीमा प्राप्त अवसरको उपयोग गरी भाषा,कला र संस्कृतिको विकास,विस्तार र संरक्षणमा सबै क्रियाशील हुनुपर्नेमा जोड दिए।

राष्ट्रपति पौडेलले देशका विभिन्न क्षेत्रका प्राचीन र ऐतिहासिक धरोहर,कला,सांस्कृतिक सम्पदा एवम् गतिविधिको अध्ययन,अनुसन्धान र अवलोकन गर्न बर्सेनि लाखौं पर्यटक नेपाल भित्रिने भन्दै यसको संरक्षणको लागि सम्पदाप्रेमीहरू सदैव चनाखो हुनुपर्ने बताए। नेपाली भाषा,कला,संस्कृति र सम्पदा हाम्रो शान,पहिचान र वैभव भएको राष्ट्रपति पौडेलको भनाइ छ।

राष्ट्रपति पौडेलले देशको पर्यटन क्षेत्रको दिगो विकासको आधारशीला तयार हुने आफूले अपेक्षा गरेको जिकिर गरे। नेपाली कला,संस्कृति र सम्पदाको अद्वितीय पुँजीप्रति स्वदेशी,विदेशी पर्यटक र व्यवसायीहरूको ध्यान आकर्षित गर्न सके पर्यटकहरूको आगमनबाट मुलुकको समृद्धिमा योगदान पुग्ने उनको विश्वास छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद