"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जेनजी आन्दोलन : निजी क्षेत्रमा ८० अर्ब रुपैयाँको क्षति प्रारम्भिक आकलन

प्रकाशित मिति :  21 September, 2025 10:02 pm


काठमाडौँ – निजी क्षेत्रले जेनजी पुस्ताले गरेको दुईदिने आन्दोलनमा करिब ८० अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक आकलन गरेको छ। उद्योगी व्यसायी संघसंस्थाका साथै औद्योगिक घरानाका प्रतिनिधिले आइतबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलमा यस्तो जानकारी गराएको हो।

उनीहरूले सम्मानित रूपमा काम गर्न सक्ने वातावरण बनाउन आवश्यक सहयोग र सुरक्षा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। छलफलका क्रममा आन्दोलनमा प्रभावित व्यवसायीलाई कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा प्रदान गर्न, लगानी आकर्षित गर्न आयकरलगायतमा छुट प्रदान गर्न पनि आग्रह गरिएको थियो।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको तोडफोड तथा आगजनीका घटनाप्रति दुःख व्यक्त गर्दै निजी क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन्। प्रधानमन्त्री कार्कीले आफू सदैव निजी क्षेत्रको साथमा रहेको बताइन्।

निजी क्षेत्रले राखेका सुझाव र मागमा प्रधानमन्त्रीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए। सरकारको प्रतिबद्धताबाट निजी क्षेत्र निकै आशावादी रहेको उनको भनाइ छ। छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले युवा पुस्ताको आन्दोलनका क्रममा भएको घुसपैठका कारण निजी क्षेत्रले ठूलो जनधनको क्षति बेहोरेको हुँदा दोषी माथि कारबाही हुनुपर्ने माग गरेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ

काठमाडौँ- एसियाली विकास बैंक (एडीबी) ले नेपाल सरकारलाई १६ करोड ५० लाख अमेरिकी डलर (२४ अर्ब ७५ करोड रूपैयाँ) बराबरको सहुलियतपूर्ण

काठमाडौं – सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले

काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा स्टार्टअप कर्जाका लागि देशभरिबाट ९६६ प्रस्तावक छनोट गरेको छ । औद्योगिक व्यवसाय