"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

जेनजी आन्दोलन : निजी क्षेत्रमा ८० अर्ब रुपैयाँको क्षति प्रारम्भिक आकलन

प्रकाशित मिति :  21 September, 2025 10:02 pm


काठमाडौँ – निजी क्षेत्रले जेनजी पुस्ताले गरेको दुईदिने आन्दोलनमा करिब ८० अर्ब रुपैयाँको क्षति भएको प्रारम्भिक आकलन गरेको छ। उद्योगी व्यसायी संघसंस्थाका साथै औद्योगिक घरानाका प्रतिनिधिले आइतबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलमा यस्तो जानकारी गराएको हो।

उनीहरूले सम्मानित रूपमा काम गर्न सक्ने वातावरण बनाउन आवश्यक सहयोग र सुरक्षा उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। छलफलका क्रममा आन्दोलनमा प्रभावित व्यवसायीलाई कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा प्रदान गर्न, लगानी आकर्षित गर्न आयकरलगायतमा छुट प्रदान गर्न पनि आग्रह गरिएको थियो।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको तोडफोड तथा आगजनीका घटनाप्रति दुःख व्यक्त गर्दै निजी क्षेत्रलाई सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन्। प्रधानमन्त्री कार्कीले आफू सदैव निजी क्षेत्रको साथमा रहेको बताइन्।

निजी क्षेत्रले राखेका सुझाव र मागमा प्रधानमन्त्रीबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए। सरकारको प्रतिबद्धताबाट निजी क्षेत्र निकै आशावादी रहेको उनको भनाइ छ। छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरुले युवा पुस्ताको आन्दोलनका क्रममा भएको घुसपैठका कारण निजी क्षेत्रले ठूलो जनधनको क्षति बेहोरेको हुँदा दोषी माथि कारबाही हुनुपर्ने माग गरेका छन्।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – पदयात्रा र पर्वतारोहणका लागि नेपालको मुख्य पर्यटकीय सिजन मानिने अक्टोबर २०२५ मा एक महिनामै १ लाख २८ हजार

काठमाडौं – खेतमा पाकेको धान भित्र्याउने समयमा भएको वर्षातका कारण म्याग्दीका कृषक चिन्तित भएका भएका छन्। दसैं तिहार पर्व मनाएपछि

पोखरा – म्याग्दीस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरू भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरूआतसम्म

काठमाडौं – अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत हुने प्रक्षेपण गरको छ । कोषको