"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समसामयिक परिस्थितिका सम्बन्धमा समन्वयात्मक बैठक सम्पन्न

प्रकाशित मिति :  27 September, 2025 9:06 pm


काठमाडौँ- असोज पहिलो साता जंगीअड्डामा समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधानसेनापतिहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ।

असोज ९ गते नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूको भौतिक उपस्थिति र पृतनापतिहरूको अर्चुअल सहभागितामा पृतनापति समन्वयात्मक बैठक-२०८२ सञ्चालन भएको छ।

बैठकमा विभागीय प्रमुखलगायत पृतनापतिहरूले आआफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू प्रस्तुत गरेका थिए।

प्रधानसेनापति अशोकराज सिग्देलद्वारा समापन भएको बैठकमा बलाध्यक्ष रथी प्रदीपजंग केसीले स्वागत मन्तव्य राखेका थिए। नेपाली सेनाको वार्षिक कार्य तालिकाअनुसार वर्षको दुई पटक पृतनापति समन्वयात्मक बैठक सञ्चालन हुँदै आएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद