"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

समसामयिक परिस्थितिका सम्बन्धमा समन्वयात्मक बैठक सम्पन्न

प्रकाशित मिति :  27 September, 2025 9:06 pm


काठमाडौँ- असोज पहिलो साता जंगीअड्डामा समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधानसेनापतिहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ।

असोज ९ गते नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूको भौतिक उपस्थिति र पृतनापतिहरूको अर्चुअल सहभागितामा पृतनापति समन्वयात्मक बैठक-२०८२ सञ्चालन भएको छ।

बैठकमा विभागीय प्रमुखलगायत पृतनापतिहरूले आआफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू प्रस्तुत गरेका थिए।

प्रधानसेनापति अशोकराज सिग्देलद्वारा समापन भएको बैठकमा बलाध्यक्ष रथी प्रदीपजंग केसीले स्वागत मन्तव्य राखेका थिए। नेपाली सेनाको वार्षिक कार्य तालिकाअनुसार वर्षको दुई पटक पृतनापति समन्वयात्मक बैठक सञ्चालन हुँदै आएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी