"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

नागरिक सुरक्षा नै हाम्रो सर्वोपरि चिन्ता हो : प्रधानमन्त्री कार्की [भिडियो सन्देश]

प्रकाशित मिति :  4 October, 2025 11:03 pm


काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले नागरिकको सुरक्षा सरकारको सर्वोपरि चिन्ता रहेको बताएकी छिन्। अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित हुन थालेपछि प्रधानमन्त्रीले शनिबार देशवासीका नाममा भिडियो सन्देश जारी गर्दै उक्त कुरा बताएकी हुन्।

उनले भनिन्, ‘तपाईँहरूको सुरक्षा नै हाम्रो सर्वोपरि चिन्ता हो, आवश्यक सहयोग लिन अप्ठेरो नमान्नुस्।’ प्रधानमन्त्री कार्कीले राज्यका सम्पूर्ण स्रोत नागरिकसँगै रहेकाले कुनै चिन्ता नलिन पनि आग्रह गरेकी छन्। कार्कीले बाढीपहिरोको जोखिम न्यूनीकरणमा सरकारी संयन्त्रहरू सक्रिय रहेको पनि जानकारी दिइन्।

प्रधानमन्त्री कार्कीले नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना, स्वास्थ्यकर्मी, प्रशासन र अन्य निकायहरू आपतकालीन सेवा नागरिकलाई यथाशक्य चाँडो सहयोग प्रदान गर्न २४ सै घण्टा तयार अवस्थामा रहेको बताइन्।

प्रधानमन्त्री कार्कीले जल तथा मौसम विज्ञान विभागका अनुसार अझै दुई दिन निरन्तर वर्षा हुने भएकाले सुरक्षित र सावधानीपूर्वक रहन देशवासीलाई अपिल गरेकी छन्। ‘हामी बाढीपहिरो र कटानको उच्च जोखिममा छौँ, धेरै स्थानमा पहिरोको जोखिम छ। सरकारी निकाय उद्धार र राहतका लागि उच्च मनोबलका साथ २४ सै घण्टा लागिपरेका छन्। राजमार्ग र अन्य पूर्वाधारको सक्रियतापूर्वक निगरानी भइरहेकाले जहाँ हुनुहुन्छ त्यही सुरक्षित बस्नुस्, अरूलाई पनि सुरक्षित रहन प्रेरित गर्नुस्’, उनले भनिन्।

भिडियो सन्देश …



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – मन्त्रिपरिषद्  शिक्षा र स्वास्थ्यमा लिंदै आएको समता शुल्क खारेज गर्ने औपचारिक निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको

काठमाडौँ- सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत समता शुल्क तत्काल कार्यान्वयन नगर्ने निर्णय गरेको छ। नागरिकस्तरबाट आएको व्यापक

काठमाडौँ- सरकारले मिटरब्याज (अनुचित लेनदेन) पीडित नागरिकका माग सम्बोधनका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्

काठमाडौं — प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले सुकुमवासी समस्या, महंगी नियन्त्रण, सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद