"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विपदमा घरबास गुमाएका परिवारलाई तत्काल आवासको व्यवस्था मिलाउने सरकारको निर्णय

प्रकाशित मिति :  7 October, 2025 4:47 pm


काठमाडौँ- सरकारले हालैको विपद्मा घरबास गुमाएका परिवारहरुका लागि तत्काल अस्थायी आवासको व्यवस्था मिलाउने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले तत्काल अस्थायी आवासको निर्माण गर्न स्थानीय तहको समन्वयमा लाभग्राही पहिचान गरी पठाउन निर्देशन दिने निर्णय गरेको हो।

यसैगरी लाभग्राही पहिचान भएपश्चात अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्डबमोजिमको अनुदानको रकमको पहिलो किस्ता तत्काल उपलव्ध गराउने निर्णय भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले जानकारी दिए।

बैठकले तीनै तहका सरकारहरुले प्रदान गर्ने राहतलाई समन्वय गरी दोहोरो नपर्ने गरी स्थानीय तहमार्फत प्रदान गर्ने निर्णय गरेको छ भने मृतक र बेपत्ताका परिवारलाई प्रचलित कानून बमोजिम तत्काल राहत उपलव्ध गराउने व्यवस्था गृह मन्त्रालयले मिलाउने र घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था स्वास्थ्य मन्त्रालयले मिलाउने निर्णय गरेको छ।

यस्तै बैठकले विपद्पश्चात फैलन सक्ने महामारीको आंकलन गरी महामारीजन्य रोग फैलन नदिन खानेपानी मन्त्रालयले स्वच्छ खानेपानीको व्यवस्था र स्वास्थ्य मन्त्रालयले सम्भाव्य जोखिमयुक्त स्थानहरुमा जनचेतना, स्वास्थ्यशिविर, मनोसामाजिक परामर्शलगायतका कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको प्राधिकरणका कार्यकारी प्रमुख भट्टले जानकारी दिए।

भट्टले अविरल वर्षाका कारण बाढी पहिरोमा परेर ५२ जनाको मत्यु भएको जानकारी दिए। बाढी पहिरोमा परि ५ जना बेपत्ता भएको रहेको र घाइते ४७ जनाको सरकारले निःशुल्क उपचार गरिरहेको प्राधिकरणले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलका नेताहरु सहभागी भएका छन् । प्रधानमन्त्रीले निर्वाचनको पछिल्लो अवस्थाबारे

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार सर्वदलीय बैठक आह्वान गरेकी छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ।   अपाङ्गता

काठमाडौँ- सरकारले प्रत्येक वर्ष भदौ २३ लाई जेनजी सहिद दिवसका रूपमा मनाउने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी