"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

भेरी नगरपालिकाका सात जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रकाशित मिति :  13 October, 2025 10:06 pm


काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोट भेरी नगरपालिकाको सडक निर्माण ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ  । अख्तियारले भेरी नगरपालिकाको कारागार रानागाउँ नेटबजार सडक निर्माणआयोजना सम्बन्धी ठेक्कामा अनियमिता भएको ठहर गर्दै सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

झण्डै २ करोड ८० लाख रुपैयाँ लागतको उक्त आयोजनामा बोलपत्र प्रक्रिया पारदर्शीता नदेखिएको र निश्चित ठेकेदारलाई लाभ हुने गरी ठेक्का दिइएको देखिएको अख्तियारको ठहर छ ।

२०८० साल फागुन २० गते ‘थापा/सविन/सुदर्शन जे.बी.’ सँग २ करोड ६९ लाख ५५ हजार २३३ रुपैयाँ ९० पैसा (भ्याट र एक् सहित) रुपैयाँमा नगरपालिकाले ठेक्का सम्झौता गरेको थियो ।

तर, उक्त संयुक्त ठेकेदार कम्पनीले आवश्यक औसत वार्षिक कारोबार ७० प्रतिशत नपुगेको र साइट भिजिट प्रमाणपत्र समेत नदिएको अवस्थामा पनि योग्य घोषित गरी ठेक्का दिइएको पाइएको अख्तियारले जनाएको छ ।

आयोगले सार्वजनिक खरिद ऐन, २०६३ र सार्वजनिक खरिद नियमावली, २०६४ का प्रावधान उल्लघंन गरी ठेक्का प्रक्रिया हेरफेर गरेको अभियोगमा भेरी नगरपालिकाका तत्कालीन र हाल कार्यरत सात जना कर्मचारी तथा ठेकेदार कम्पनीका प्रतिनिधिमाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आरापितहरूमा भेरी नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इञ्जिनियर मोहन मल्ल, विकास अधिकृत अनिस शाह, कानुन अधिकृत प्रकाश कुमार शाही, लेखापाल राजेन्द्र बहादुर कठायत, नायब सुब्बा कृति बहादुर थापा, ठेकेदार कम्पनी थापा/सविन/सुदर्शन जेभीका प्रतिनिधि तथा सेवा प्रालिका प्रोप्राइटर दिपक बहादुर खत्री रहेका छन् ।

उनीहरूमाथि समान ८१ लाख ५३ हजार ६३० रुपैयाँ ५१ पैसा बिगो कायम गरी मुद्दा दायर भएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । आयोगले दायर गरेको आरोपपत्रमा सबै प्रतिवादीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद सजाय र जरिवानाको माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सरकारले अनावश्यक र कार्यबोझ भएका ३१ वटा सरकारी निकाय खारेज गरेको छ । त्यस्तै १८ वटा निकायको पुनर्संरचना र छ

काठमाडौँ- सुदूरपश्चिम प्रदेशको टीकापुरमा आयोजित ११औँ अन्तर व्यवस्थापिका सम्मेलन नौबुँदे सन्देशपत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले सबै प्रदेश सभामा

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी