"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

चितवनमा सुरक्षाको जिम्मा सेनालाई :स्थानीय तह निर्वाचन

प्रकाशित मिति :  7 May, 2022 9:45 am


काठमाडौं । जिल्लाको महत्वपूर्ण क्षेत्रको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी जिल्लाको महत्वपूर्ण मानिएको क्षेत्र कारागार कार्यालय चितवन र भरतपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार निर्वाचनलाई लक्ष्य गरी जिल्ला सुरक्षा समितिको वैशाख १५ गतेको निर्णयानुसार महत्वपूर्ण निकायमा सेनाले सुरक्षाको जिम्मेवारी लिएको हो । यी क्षेत्रमा जेठ २ गतेसम्म नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिने छ । निर्वाचन नसकिएको खण्डमा समय थप गर्न सकिने उनले बताए ।

निर्वाचनको समयमा प्रहरीमा पर्याप्त जनशक्ति नहुने हुँदा सुरक्षाको जिम्मेवारी सेनालाई दिइएको उहाँले बताउनुभयो । उनले भने, “यी दुई क्षेत्रमा आन्तरिक काम नेपाल प्रहरीले गर्ने छ । सुरक्षा सेनाले दिनेछ ।” हरेक निर्वाचनमा  महत्वपूर्ण प्रतिष्ठान र निकायमा सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिने गरेको छ । 

यही वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनलाई लक्ष्य गरी जिल्लामा सुरक्षा व्यवस्थासमेत मजबुत बनाइएको छ । निर्वाचन सुरक्षा योजनाअनुसार अहिले मतदानस्थलको सुरक्षाको अवस्थाका बारेमा जानकारी लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले मतदानस्थलको निरीक्षण, अनुगमनका काम भइरहेको छ । मतदानस्थलमा हुनसक्ने सम्भावित घटनाको समेत पूर्वानुमानका कामसमेत भइरहेको उनको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – स्थानीय तहका जनप्रतिनिधिहरूले करारका कर्मचारी कटौती गर्दा सेवा प्रवाहमा असर परेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएका छन्

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको गढवा गाउँपालिकामा अनुमतिभन्दा बढी ढुङ्गा, बालुवा उत्खनन् गरेको अभियोगमा दुई जनाविरुद्ध झण्डै एक

काठमाडौँ – चालु आर्थिक वर्षको तीन महिना बित्न लाग्दासमेत ४३ वटा स्थानीय तहले बजेट प्रस्तुत गरेका छैनन् । देशभरका कुल सात

काठमाडौँ — हालसम्म ६१ स्थानीय तहले चालु आर्थिक वर्षका बजेट सार्वजनिक गर्न सकेका छन् । नियमानुसार, गत असार १० गते स्थानीय