"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

राष्ट्रपतिसमक्ष दुई आयोगका वार्षिक प्रतिवेदन पेस

प्रकाशित मिति :  16 October, 2025 7:55 pm


काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दुई संवैधानिक आयोगका आर्थिक वर्ष २०८१/८२ का वार्षिक प्रतिवेदनहरू पेस गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित अलग–अलग कार्यक्रममार्फत राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका कार्यवाहक अध्यक्ष जुद्धबहादुर गुरुङले आफ्नो आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेका छन् । सो अवसरमा राष्ट्रपतिले आयोगले गरेका काम, उपलब्धि र सुधारका सिफारिसका विषयमा चासो व्यक्त गरे ।

त्यसैगरी, अर्को कार्यक्रममा थारू आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह थारूले पनि आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष प्रस्तुत गरे । राष्ट्रपति पौडेलले आयोगहरूको प्रतिवेदनबाट देखिएका सुझाव र सिफारिसहरूले सुशासन प्रवर्धन, समावेशीकरण र आर्थिक स्रोतको न्यायसङ्गत बाँडफाँडमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको जानकारी दिइएकाे छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ । निर्वाचन आयोगले

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। देउवाका प्रमुख स्वकीय सचिव भानु

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाका निर्वाचन क्षेत्रहरूका लागि आफ्ना उम्मेदवार टुङ्ग्याएको छ । साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको

काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का