"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  30 October, 2025 5:51 pm


काठमाडौं – सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अभियोगमा दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल आयोगको सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले लेखा अधिकृत कार्कीलाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानपछि बिहीबार कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।

कार्कीले डुङ्गेश्वर गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र मा पर्ने जर्सीचोक देउली जडी हुँदै सडक स्तरोन्नती योजनाको अन्तिम बिल भुक्तानी प्रक्रिया अघि बढाइदिने, सहजीकरण गरिदिने प्रलोभन दिएर सेवाग्राहीसँग घुस लिएको अख्तियारको ठहर छ ।

लेखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९  बमोजिम एक लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिबानाको मागदाबी राखेर आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडलेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्