"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा

प्रकाशित मिति :  30 October, 2025 5:51 pm


काठमाडौं – सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको अभियोगमा दैलेखको डुङ्गेश्वर गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल आयोगको सुर्खेत कार्यालयबाट खटिएको संयुक्त टोलीले लेखा अधिकृत कार्कीलाई एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानपछि बिहीबार कार्कीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।

कार्कीले डुङ्गेश्वर गाउँपालिकाको वडा नम्बर १, २, ३, ४ र मा पर्ने जर्सीचोक देउली जडी हुँदै सडक स्तरोन्नती योजनाको अन्तिम बिल भुक्तानी प्रक्रिया अघि बढाइदिने, सहजीकरण गरिदिने प्रलोभन दिएर सेवाग्राहीसँग घुस लिएको अख्तियारको ठहर छ ।

लेखा अधिकृत कार्कीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९  बमोजिम एक लाख रुपैयाँ बिगो कायम गरी कैद र जरिबानाको मागदाबी राखेर आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडलेले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। देउवाका प्रमुख स्वकीय सचिव भानु

काठमाडौं । नेपाली कांग्रेसले हिमाली जिल्लाका निर्वाचन क्षेत्रहरूका लागि आफ्ना उम्मेदवार टुङ्ग्याएको छ । साेमबार चक्रपथको एक होटलमा बसेको संसदीय बोर्डको

काठमाडौं – सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनमा उम्मेदवार चयनमा समावेशी, सन्तुलित र न्यायपूर्ण ढंगले निर्णय