"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

अक्टोबरमा १ लाख २८ हजार पर्यटक नेपाल प्रवेश

प्रकाशित मिति :  2 November, 2025 9:21 pm


काठमाडौं – पदयात्रा र पर्वतारोहणका लागि नेपालको मुख्य पर्यटकीय सिजन मानिने अक्टोबर २०२५ मा एक महिनामै १ लाख २८ हजार ४ सय ४३ पर्यटक नेपाल भित्रिएका छन् । जुन अघिल्लो वर्ष सोही महिनाको तुलनामा ३.३ प्रतिशत धेरै हो । अक्टोबर २०२४ मा १ लाख २४ हजार ३ सय ९१ पर्यटक आएका थिए ।

यस महिना अमेरिकी र युरोपेली पर्यटक आगमन उल्लेख्य देखिएको छ । पहिलो नम्बरमा भारतीय देखिए पनि आगमन वृद्धिदरमा अन्य देश अगाडि छन् । भारतबाट अक्टोबरमा १७ हजार २ सय ९८ पर्यटक आएका छन् । अमेरिकाबाट १३ हजार २ सय ८६ आएको तथ्यांक छ । बेलायतबाट ८ हजार ७ सय १८ आएका छन् । ६ हजार ७ सय ५५ पर्यटक सहित चीन चौथो स्थानमा छ ।

त्यस्तै जर्मनीबाट ६ हजार ३ सय ६६ पर्यटक आएका छन् । पर्यटक आगमन अवस्था हेर्दा कुल पर्यटकमध्ये युरोपेलीको हिस्सा ३१.६ प्रतिशत छ । युरोपेली देशबाट ४० हजार ६ सय पर्यटक नेपाल आएका छन् । दक्षिण एसियाली राष्ट्र (सार्क) बाट २२.६ प्रतिशत पर्यटक आएका छन् ।

भारतसहित ती देशबाट २९ हजार ६० पर्यटक आएका छन् । अन्य एसियाली देशबाट २३ हजार १ सय २७ पर्यटक आएका छन् । अमेरिकी देशबाट १६ हजार ४ सय ७ र ओसियाना क्षेत्रबाट ६ हजार ८ सय १४ पर्यटक आएको देखिन्छ ।

त्यस्तै मध्यपूर्वी देशबाट ३ हजार ५ सय ४८ पर्यटक आएका छन् । अफ्रिकाबाट ४ सय ४३ जना आएको तथ्यांक छ । अन्य क्षेत्रबाट ८ हजार ४ सय ४४ पर्यटक नेपाल भित्रिएका छन् । जारी शरद ऋतुमा १ सय ७५ टोलीका १ हजार ४ सय ५० आरोहीले अनुमति लिएका थिए । जसबाट सरकारले २५ करोड ५१ लाख रोयल्टी संकलन गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै बागमती नदीमा पानीको बहाव बढाउनका लागि धापड्यामबाट पानी छाडिएको छ। भक्तजनलाई स्नान गर्न र

काठमाडौं – देशभरिका ६ महानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा कमजोर काठमाडौं महानगरपालिका रहेको पाइएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त

काठमाडौँ — जिल्ला प्रशासन कार्यालयले त्रिभुवन विमानस्थल आसपास क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । बिहीबार एक सूचना जारी गर्दै विमानस्थल

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका इन्जिनियरविरुद्ध करिब दुई करोड बिगोसहितको भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।  अख्तियारका