"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ दल एकताको हस्ताक्षर, कस्ता छन् सहमति ?

प्रकाशित मिति :  2 November, 2025 9:31 pm


काठमाडौँ- नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका ८ कम्युनिस्ट पार्टीले एकता गर्न सहमति गरेका छन्।

आइतबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकपछि आठ राजनीतिक दलले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

आठ दलबीच भएको १८ बुँदे सहमतिअनुसार एकतापछि निर्माण हुने पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेलिनवाद हुनेछ। त्यस्तै नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने सहमतिपत्रमा उल्लेख छ।

एकता प्रक्रियामा सहभागी भएका पार्टीहरूका साविकका केन्द्रीय कमिटीहरूलाई समायोजन गर्दै आपसी सहमतिका आधारमा केन्द्रीय कमिटी गठन गर्ने दलहरूबीच सहमति भएको छ।

केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय र कार्य संयोजन समिति केन्द्रीय समितिभित्रको संरचना रहने सहमतिपत्रमा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद