"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ दल एकताको हस्ताक्षर, कस्ता छन् सहमति ?

प्रकाशित मिति :  2 November, 2025 9:31 pm


काठमाडौँ- नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) लगायतका ८ कम्युनिस्ट पार्टीले एकता गर्न सहमति गरेका छन्।

आइतबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकपछि आठ राजनीतिक दलले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

आठ दलबीच भएको १८ बुँदे सहमतिअनुसार एकतापछि निर्माण हुने पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेलिनवाद हुनेछ। त्यस्तै नेपाली क्रान्तिको कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद हुने सहमतिपत्रमा उल्लेख छ।

एकता प्रक्रियामा सहभागी भएका पार्टीहरूका साविकका केन्द्रीय कमिटीहरूलाई समायोजन गर्दै आपसी सहमतिका आधारमा केन्द्रीय कमिटी गठन गर्ने दलहरूबीच सहमति भएको छ।

केन्द्रीय समिति, राजनीतिक समिति, सचिवालय र कार्य संयोजन समिति केन्द्रीय समितिभित्रको संरचना रहने सहमतिपत्रमा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदबाट हटाउने निर्णय गरेको हो।

काठमाडौँ — जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिका क्रममा तोडफोड र आगजनीबाट क्षति भोगेको सर्वोच्च अदालतका सम्पूर्ण सेवा मंसिर १ देखि सञ्चालनमा आउने

काठमाडौँ – नेकपा (एमाले) को आसन्न ११ औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरू कुन क्षेत्रबाट कति जनाले प्रतिनिधित्व गर्छन् भन्ने विषय

काठमाडौं – नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले निरंकुश बन्दै गएको सत्तालाई जेन–जीको बलिदानले खरानी बनाइदिएको बताएका छन्। सर्वपक्षीय अन्तरिम सरकारको