"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

२ लाख ९ हजार थपिए नयाँ मतदाता

प्रकाशित मिति :  12 November, 2025 1:53 pm


काठमाडौँ — निर्वाचन आयोगले २ लाख ९ हजार ५५२ जना नयाँ मतदाता थपिएको जानकारी दिएको छ। मंगलबार २३ हजार ६३८ नयाँ मतदाता थपिएका हुन्।

जसमा १३ हजार ६६ पुरूष, १० हजार ५६७ महिला र अन्य समूहबाट ५ जना मतदाता थपिएका थिए।

नयाँ मतदाता दर्ता सुरू भएयता १ लाख २२ हजार ७४० पुरूष,  ८६ हजार ७८५ महिला र २७ जना अन्य मतदाता थपिएका छन्। नयाँ मतदाता दर्ताको समय कात्तिक ३० गतेसम्म तोकिएको छ। तर अहिले देखिएको चापलाई हेर्दा उक्त अवधिमा दर्ता नभ्याउने नभ्याउने देखिएकाले समयावधि थप गर्न सरकारले सुझाव दिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको