"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

२ लाख ९ हजार थपिए नयाँ मतदाता

प्रकाशित मिति :  12 November, 2025 1:53 pm


काठमाडौँ — निर्वाचन आयोगले २ लाख ९ हजार ५५२ जना नयाँ मतदाता थपिएको जानकारी दिएको छ। मंगलबार २३ हजार ६३८ नयाँ मतदाता थपिएका हुन्।

जसमा १३ हजार ६६ पुरूष, १० हजार ५६७ महिला र अन्य समूहबाट ५ जना मतदाता थपिएका थिए।

नयाँ मतदाता दर्ता सुरू भएयता १ लाख २२ हजार ७४० पुरूष,  ८६ हजार ७८५ महिला र २७ जना अन्य मतदाता थपिएका छन्। नयाँ मतदाता दर्ताको समय कात्तिक ३० गतेसम्म तोकिएको छ। तर अहिले देखिएको चापलाई हेर्दा उक्त अवधिमा दर्ता नभ्याउने नभ्याउने देखिएकाले समयावधि थप गर्न सरकारले सुझाव दिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – सर्लाहीको बागमती नगरपालिकास्थित ‘भरत ताल’ (बागमती पर्यटकीय पार्क तथा रिसोर्ट) निर्माण आयोजनामा करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा चार पुस्ताका साथीहरू सँगसँगै रहेकाले आफूले सबैलाई मिलाएर लैजाने बताएका छन्। कांग्रेसको केन्द्रीय

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्