"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सामाजिक सञ्जालको दुरुपयोगले सुरक्षा चुनौती : महानिरीक्षक कार्की

प्रकाशित मिति :  17 November, 2025 7:42 pm


काठमाडौँ – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताएका छन्।

अपराध अनुसन्धान विभागको ७०औँ स्थापना दिवसका अवसरमा आज (सोमबार) प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालको दुरुपयोग भएसँगै लागूऔषध दुर्व्यसन तथा कारोबार, क्रिप्टोकरेन्सी, अनलाइन गेमिङ, स्क्यामिङ, आत्महत्या, मानव बेचबिखन तथा ओसारपसार, आर्थिक अपराध र अन्तरदेशीय प्रकृतिका जटिल तथा संगठित अपराधसम्बन्धी अनुसन्धानका लागि क्षमता विकास तालिम आवश्यक रहेको बताए।

उनले फैसला कार्यान्वयन, फरार प्रतिवादीको खोजतलास एवम् पक्राउ परेकालाई प्राथमिकतामा राखी तत्काल नतिजा आउने गरी काम गर्न र विगतका आपराधिक गतिविधि तथा लामो समयसम्म पेन्डिङमा रहेका घटनाहरूलाई समेत प्राथमिकतामा राखी प्रभावकारी अनुसन्धान गर्न निर्देशन दिए।

नवनियुक्त प्रहरी महानिरीक्षक कार्कीले निष्पक्ष, प्रमाणमुखी एवम् वैज्ञानिक अनुसन्धानले कानुन विपरीत कार्य गर्नेलाई कानुनी दायरामा ल्याउन सहयोग पुर्‍याउने धारणा व्यक्त गर्दै पीडित पक्षलाई न्याय दिलाई समाजमा प्रहरीप्रतिको प्रतिष्ठा एवम् विश्वास अभिवृद्धि गर्न प्रहरी संयन्त्र अझ जिम्मेवार र क्रियाशील हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले अपराध नियन्त्रण र अनुसन्धानको वर्तमान अवस्था, चुनौती र समाधानका उपायलगायतका विषयमा धारणा व्यक्त गरेका थिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको

काठमाडौँ – सरकारले गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानको क्षतिको मूल्यांकन