"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पछिल्लो चार महिना कस्तो छ आयात निर्यात

प्रकाशित मिति :  23 November, 2025 8:43 pm


काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा ७७.५१ प्रतिशतले निर्यात बढेको छ। भन्सार विभागले आइतबार सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्यांकअनुसार समीक्षा अवधिमा निर्यात अघिल्लो आर्थिक वर्षको सोही अवधिको पाँच खर्ब २६ अर्ब रुपैयाँबाट बढेर ९ खर्ब ३५ अर्ब पुगेको हो।

आयातमा पनि दोहोरो अंकको वृद्धि देखिएको छ, जुन चालु आर्थिक वर्षको पहिलो चार महिनामा १८.७१ प्रतिशतले बढेर ६ खर्ब ९ अर्ब ४५ करोड पुगेको छ।

समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार २४.१८ प्रतिशतले बढेर सात खर्ब २९ अर्ब पुगेको छ। उच्च आयातका कारण व्यापार घाटा भने बढ्दै गएको छ। २०८२/८३ को चार महिनामा घाटा ११.९९ प्रतिशतले बढेर पाँच खर्ब १५ अर्ब पुगेको छ।

आयात–निर्यात अनुपात उल्लेख्य रूपमा घटेर ९.७५ बाट ६.५२ मा झरेको छ। यसको अर्थ, निर्यातबाट कमाएको प्रत्येक १ रुपैयाँ बराबर नेपालले आयातमा ६.५२ रुपैयाँ खर्च गर्‍यो, जुन अघिल्लो वर्ष आयातमा करिब १० खर्च हुने गरेको तुलनामा महत्त्वपूर्ण सुधार हो।

अहिले कुल व्यापारमा निर्यातको हिस्सा १३.३ प्रतिशत छ, जुन गत वर्षको तुलनामा करिब ४३ प्रतिशतको सुधार हो। कुल व्यापारमा आयातको हिस्सा भने ९०.७ प्रतिशतबाट घटेर ८६.७ प्रतिशतमा झरेको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नेपालको वित्तीय प्रणालीलाई आर्थिक रूपान्तरणको नेतृत्वदायी साझेदार बनाएर अघि बढ्ने बताएका छन्। मंगलबार मन्त्रालयमा २०

काठमाडौँ – आर्थिक वर्ष २०८२/८३ मा मुलुकको वैदेशिक व्यापारको आकार २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। गत आवमा

काठमाडौं – विभिन्न व्यवसायीक संघसंस्था र उद्यमीहरुसँग भेटवार्ता गर्दै आएका प्रधानमन्त्री बालेन शाहले आज चिया उद्योगीहरुसँग छलफल गर्दैछन् । भेटघाटमा

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिना (साउन-जेठ) मा २१ खर्ब २० अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ