"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचन आयोगमा हालसम्म १३२ दल दर्ता

प्रकाशित मिति :  24 November, 2025 7:39 pm


काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा हालसम्म ६१ दल दर्ता भएका छन्।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आयोगमा दर्ता भएकामध्ये ६१ दलले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको जानकारी दिए। हालसम्म आयोगमा दर्ता कायम भएका दलको संख्या भने १३२ रहेको उनले बताए। निर्वाचनमा अधिकतम दलको सहभागिता सुनिश्चित गर्नका लागि आयोगले दल दर्तालाई प्राथमिकता दिएर काम गरिरहेको उनले बताए।

प्रवक्ता भट्टराईले प्रतिनिधिसभा निर्वाचनको घोषणा भएपछि मंसिर ५ गतेसम्म ८ लाख ३७ हजार जनाले नयाँ मतदाताका लागि निवेदन दिएको जानकारी दिए। प्राप्त भएका निवेदनउपर रुजू गरिसकेपछि फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेकाहरुको मतदाता नामावली प्रकाशित गर्ने उनले बताए।

प्रकाशित भएको नामावलीमा कुनै त्रुटि वा उजुरी भएमा मंसिर २१ देखि २७ गते सच्चाउन सकिने उनले बताए। विवरण सच्याउने काम सकिएपछि आगामी पुस १५ गते मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने प्रवक्ता भट्टराईले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । ओली देउवालाई

काठमाडौँ- विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने नेपाली कांग्रेसका नेताहरुले पार्टीको महाधिवेशन सार्ने षडयन्त्र नगर्न चेतावनी दिएका छन्। विशेष महाधिवेशनका लागि हस्ताक्षरकर्ता

काठमाडौँ –  उज्यालो नेपाल पार्टीको आज औपचारिक घोषणा भएको छ । मन्त्री कुलमान घिसिङको उपस्थितिमा पार्टी घोषणा भएको हो। पार्टी

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम मंसिर २१ गतेदेखि सुरु हुने भएको