"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारको निर्णय अनुसार दुई दिने विदा सुरु

प्रकाशित मिति :  18 May, 2022 7:56 am


काठमाडौँ । सरकारले अबदेखि आइतबार पनि सरकारी बिदा हुने भएको छ। गत वैशाख १३ गते बसेको मन्त्रिपरिषदको बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो। बैठकले जेठ १ गतेदेखि लागु हुनेगरी हप्ताको दुई दिन बिदा दिने निर्णय गरेको थियो।

सरकारले परीक्षणका रूपमा अहिलेलाई दुई दिन बिदा दिन लागेको हो। निर्णयअनुसार अरू दिन कार्यालयहरू बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म खुल्नेछन्।

पेट्रोलियम पदार्थ महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो। त्यसअनुसार सरकारले सातामा दुई दिन बिदा दिएको हो।

यसरी सरकारले दुई दिन बिदा दिने निर्णय गरे पनि विद्यालयहरूमा के गर्ने भन्ने अन्योल थियो। तर पछि शिक्षा मन्त्रालयले अरू बिदा कटौटी गरी आइतबार पनि बिदा दिने निर्णय गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सरकारले जेठ १४ गते बकर ईद (ईद-उल-अज्हा)को अवसरमा सार्वजनिक बिदा दिएको छ। शुक्रबार गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द

काठमाडौँ – १० दिनअघि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला हुलाक कार्यालयबीच राहदानी वितरण गर्नेसम्बन्धी सम्झौता भएअनुरूप सेवाग्राहीको घरमै राहदानी

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले राष्ट्रियस्तरका विभिन्न कर्मचारी ट्रेड युनियनहरू खारेज गरेको जनाएको

काठमाडौँ– सरकारले निजामती कर्मचारीलाई हरेक १५ दिनमा तलब भुक्तानी गर्ने प्रणालीको औपचारिक सुरुआत गरेको छ। अर्थ मन्त्रालयका अनुसार उक्त व्यवस्था पाइलट