"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सरकारको निर्णय अनुसार दुई दिने विदा सुरु

प्रकाशित मिति :  18 May, 2022 7:56 am


काठमाडौँ । सरकारले अबदेखि आइतबार पनि सरकारी बिदा हुने भएको छ। गत वैशाख १३ गते बसेको मन्त्रिपरिषदको बैठकले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको हो। बैठकले जेठ १ गतेदेखि लागु हुनेगरी हप्ताको दुई दिन बिदा दिने निर्णय गरेको थियो।

सरकारले परीक्षणका रूपमा अहिलेलाई दुई दिन बिदा दिन लागेको हो। निर्णयअनुसार अरू दिन कार्यालयहरू बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म खुल्नेछन्।

पेट्रोलियम पदार्थ महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि आयल निगमले हप्तामा दुई दिन बिदा दिन प्रस्ताव राखेको थियो। त्यसअनुसार सरकारले सातामा दुई दिन बिदा दिएको हो।

यसरी सरकारले दुई दिन बिदा दिने निर्णय गरे पनि विद्यालयहरूमा के गर्ने भन्ने अन्योल थियो। तर पछि शिक्षा मन्त्रालयले अरू बिदा कटौटी गरी आइतबार पनि बिदा दिने निर्णय गरेको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ। कार्यालयले ती निर्माण कम्पनीलाई आइतबार कालोसूचीमा राख्ने निर्णय

काठमाडौं – गृह मन्त्रालयले १३ जना प्रहरी निरीक्षक –इन्सपेक्टर) लाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा सिफारिस गरेको छ  ।मन्त्रालयको बढुवा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो वर्ष दुई तिहाइ मुद्दामा सफलता पाएको छ । विशेष अदालतले बुधबार सार्वजनिक गरेको

काठमाडौँ — खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदमा ७७ जना कर्मचारी नियुक्त गर्न आवेदन मागेको छ। कम्पनीले शुक्रबार