"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

विशेष महाधिवेशनको मागलाई रोक्न मिल्दैन : नेता श्रेष्ठ

प्रकाशित मिति :  26 November, 2025 8:36 pm


काठमाडौँ — नेपाली कांग्रेसका नेता ओमकार श्रेष्ठले पार्टीकै केही पदाधिकारीहरूले महाधिवेशन रोकेको बताएका छन्। विशेष महाधिवेशनको मागलाई रोक्न कसैले पनि रोक्न मिल्दैन । यो बाध्यकारी रहेको बताएका छन् । उनी २०१४ सालमा भएको कांग्रेस विशेष महाधिवेशनमा पनि सहभागी भएका थिए। त्यसैले विशेष महाधिवेशन पक्षधरले उनकै अध्यक्षतामा आज भेला गरेका हुन्।

उनले विधानअनुसार ५४ प्रतिशतले विशेष महाधिवेशन मागेकोले यो बाध्यकारी भएको पनि बताए। अहिलेकै जस्तो विशेष परिस्थिति आउँछ भन्ने सोचेर आफूसहितले विधानमा त्यो व्यवस्था राखेको उनको भनाइ थियो।

‘२०१४ सालमा सभापतिको प्रस्तावमा गएर विशेष महाधिवेशनबाट सभापति हस्तान्तरण गरेको पार्टी हो यो, आज विशेष महाधिवेशन गरे पार्टी विभाजन हुन्छ भनेर हल्ला गर्ने पदाधिकारीहरू पनि बसिरहेका छन्, उनीहरूको भर नपर्नुस्,’ उनले भने, ‘नयाँ नेतृत्व चुन्नुस्। विधानले विशेष महाधिवेशन नभई छाड्दैन।’

‘विशेष महाधिवेशन माग गर्नेलाई कसैले नक्कली भनेका छन्, जे जे मन लाग्यो त्यो भनेका छन्। विचरा शेरबहादुर देउवाजी हल न चल गरेर बसेका छन्, अरूले लहराले छोपेका छन्। अब लहराको के समस्या छ भने- त्यो बोट भाँचियो भने भुइँमा पर्छु भन्ने डर छ, अहिले अधिवेशनको बाधक यही भुइँमा पर्छु भन्ने डर भएका मानिसहरू हुन्,’ उनले भने।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
sharethis sharing button



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ – कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध आठ लाख आठ हजार ६८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको

जनकपुरधाम — नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका छन्

काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर नलिने निर्णयको स्वागत गरेका

काठमाडौँ- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद