एमाले सचिवालय बैठक : महाधिवेशन तयारी र समसामयिक राजनीतिक विषयमा छलफल
काठमाडौँ — एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक सुरु भएको हो । बैठकमा आगामी महाधिवेशनलाई लक्षित गर्दै पदाधिकारी र केन्द्रीय कमिटीको आकार वृद्धि, संगठनात्मक संरचना तथा समसामयिक राजनीतिक मुद्दाहरूमा गहन छलफल हुने बताइएको छ ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सहभागीहरूले महाधिवेशनको प्रारम्भिक तयारीबारे प्रतिवेदन प्रस्तुत गर्ने र आवश्यक निर्णय लिने कार्यक्रम छ । बैठकमा संसदीय गतिविधि, सरकारको नीति तथा अन्य विपक्षी दलसँगको सम्बन्धबारे पनि छलफल हुनसक्ने बताइएको छ ।













