"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

माधव नेपालको मुद्दा झिकाउन विशेष अदालतको आदेश

प्रकाशित मिति :  15 December, 2025 5:57 pm


काठमाडौं – नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालविरूद्ध परेको उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तामेलीमा राखेको निर्णयलाई झिकाउन विशेष अदालतले आदेश गरेको छ। सोमबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले पतञ्जलीको जग्गा सम्बन्धी भ्रष्टाचारको मुद्दामा अख्तियारले उजुरीलाई तामेलीमा राख्नेगरी गरेको निर्णय झिकाउन आदेश गरेको हो।

अख्तियारले २०६९ मंसिर २५ गते उजुरीलाई तामेलीमा राख्ने निर्णय गरेको थियो। ‘प्रस्तुत मुद्दाको विषय सम्बद्ध उजुरीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाट मिति २०६९/०८/२५ मा भएको निर्णय सहितको फाइल झिकाउनू,’ आदेशमा भनिएको छ।

माधव नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता गोबिन्द बन्दी लगायतले बहस गरेका थिए। वकिलहरूले निर्णय तामेलीमा राख्ने गरी गरेको निर्णय गरेको भनेर बहस गरेका थिए। त्यसपछि इजलासले उक्त फाइल झिकाउन भनेको हो। त्यस्तै, अख्तियार र प्रतिवादीहरूको साक्षीलाई भौतिक रूपमा वा भिडिओ कन्फरेन्स मार्फत उपस्थित गराएर बकपत्रका लागि उपस्थित गराउन पनि माग गरेको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले गत जेठ २२ गते पतञ्जली जग्गा हिनामिना प्रकरणमा नेपालसहित ९३ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो। नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले काभ्रेको साँगामा रहेको हदबन्दी छुट जग्गा खरिद गर्न अनुमति दिने र बिक्री समेत गर्न दिएको आरोप छ।

२०६६ माघ १८ मा मन्त्रिपरिषद्‌ बैठकले ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न पतञ्जलीलाई स्वीकृति दिएको थियो। यसैगरी २०६६ चैत ६ मा पतञ्जलीले हदबन्दी छुटमा किनेको जग्गा बेच्न पाउने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो। सरकारले जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेपछि भ्रष्टाचार भएको आशंकामा अख्तियारले अनुसन्धान अगाडि बढाएको थियो।

अख्तियारले नेपालविरूद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरेको थियो। प्रारम्भिक सुनुवाइ गर्दै विशेष अदालतले असार ११ गते ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार भारत भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले बिहीबार मन्त्री खनालको तीनदिने भ्रमणतालिका सार्वजनिक गरेको

काठमाडौँ – राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्। राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संस्था र व्यक्तिहरूलाई परिस्थिति सधैं एकै नहुने भन्दै उत्ताउलिएर अघि नबढ्न आग्रह गरेका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल र भारतबीच विकास कूटनीतिको नयाँ युगको सुरूवात गर्नुपर्ने बताएका छन्।पाँचदिने