"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

म्यादी प्रहरीका लागि आवेदन आह्वान

प्रकाशित मिति :  9 January, 2026 10:09 pm


फाईल फोटो

काठमाडौँ- आसन्न प्रतिनिधिसभा निर्वाचन (फागुन २१ गते) का लागि नेपाल प्रहरीले आफू मातहत परिचालन हुने निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्नाका लागि आवेदन खुलाएको छ। आवेदन समय आजदेखि माघ १ गतेसम्म तोकिएको छ।

सशस्त्र प्रहरी बल नेपालले पनि निर्वाचन सुरक्षाका लागि आवश्यक जनशक्ति पूर्तिका लागि केही दिनभित्रै निर्वाचन प्रहरी भर्नाको आवेदन खुलाउने तयारी गरेको जनाएको छ।

निर्वाचन सुरक्षाका लागि सरकारले करिब ३ लाख ३७ हजार सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ। यसअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीका साथै करिब डेढ लाख निर्वाचन प्रहरी ४० दिनको कार्यअवधि तोकेर खटाइनेछ।

केन्द्रीय सुरक्षा समितिको बैठकको निर्णयअनुसार निर्वाचन सुरक्षाका लागि सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागबाट १ लाख ८८ हजार ३ सय ६३ नियमित सुरक्षाकर्मी परिचालन गरिने सुरक्षा व्यवस्थापन खाका तयार गरिएको छ।

नियमित सुरक्षाकर्मीबाट जनशक्ति अपुग भएपछि सरकारले नेपाल प्रहरीमार्फत १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरीमार्फत १५ हजार १ सय १० जनशक्तिलाई ४० दिनको अवधिका लागि निर्वाचन प्रहरीका रूपमा छनोट गरी परिचालन गर्ने तयारी गरेको हो।

नेपाल प्रहरीले काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्ला प्रहरी परिसर तथा उपत्यकाबाहिरका जिल्लामा सम्बन्धित जिल्ला प्रहरी कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था गरेको छ। सशस्त्र प्रहरी बल नेपालले भने ७७ वटै जिल्लास्थित गण, गुल्म तथा तोकिएका स्थानबाट आवेदन लिन सकिने व्यवस्था गर्दैछ।

निर्वाचन प्रहरी भर्ना तथा छनोटका लागि सम्बन्धित जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा भर्ना छनोट समिति गठन गरिएको छ। भर्नाका लागि दरखास्त दिने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्ने प्रावधान छ।

निर्वाचन प्रहरीलाई प्रहरी वा सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमान, लत्ताकपडा तथा जवान सरहको रासन भत्ता उपलब्ध गराइने व्यवस्था ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत (प्रहरी र सशस्त्र प्रहरी बल नेपाल) कार्यविधि–२०८२’ मा उल्लेख गरिएको छ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं – सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका अनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ थपघट हुदाँ

काठमाडौँ – सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर, बितरण केन्द्र सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास एक लाख ४० हजार रुपियाँ घुस

काठमाडौँ — नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, पोखराका लेखा अधिकृत झलक शर्मा