"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

निर्वाचन आयोगले दियो गगन पक्षलाई वैधानिकता

प्रकाशित मिति :  16 January, 2026 8:49 pm


काठमाडौं – निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिने क्रममा तीन विषयलाई मुख्य आधार बनाएको छ ।२७ देखि ३० पुससम्म काठमाडौंमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भएको थियो । सो महाधिवेशनले गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेपछि त्यसको अद्यावधिक गराउन उनीहरूले बिहीबार आयोगलाई निवेदन दिएका थिए ।

लगत्तै १४औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विशेष महाधिवेशन विधानविपरीत आयोजना गरिएको भन्दै आयोग पुगेको थियो । आयोगले शुक्रबार दुवै तर्फबाट प्राप्त कागजात, पार्टीको विधान तथा ऐन–कानुनको अध्ययनपछि थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएको छ ।

यो निर्णय दिने क्रममा आयोगले तीन आधार तय गरेको छ । पहिलो आधारका रूपमा आयोगले विधान बमोजिम ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्न पाउने र सोअनुसार महाधिवेशन आयोजना गर्नु पर्ने बाध्यात्मक व्यवस्था रहेको स्पष्ट पारकोे छ ।

दोस्रो आधारको रूपमा आयोगले विधानत: महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधि हुने स्पष्ट पारेको छ । यस्तै, तेस्रो आधारका रूपमा आयोगले विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति नदेखिएकोले विशेष महाधिवेशन आयोजना विधानत: भएको स्पष्ट पारेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा चयन भएका छन्। विशेष महाधिवेशनबाट बुधबार राति थापा निर्विरोध सभापतिमा चयन भएका हुन्। यसैगरी उपसभापतिमा

काठमाडौँ– नेपाली कांग्रेसको विशेष महाधिवेशनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय समितिको निर्णय खारेज गरेको छ।बुधबार भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्रको हलले

काठमाडौँ – नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदन पारित गरेको छ।मंगलबार महाधिवेशनको बन्दसत्रले महामन्त्री

काठमाडौँ — मुलुकमा संवेदनशील अवस्था आएकाले विशेष महाधिवेशन बोलाउनुपरेको कांग्रेस महामन्त्री गगन थापाले बताएका छन् ।केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि थापाले