"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

सभापति थापाले भने – उम्मेदवार चयनमा समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्छौँ

प्रकाशित मिति :  19 January, 2026 10:11 am


काठमाडौँ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनमा उम्मेदवार चयनमा समावेशी, सन्तुलित र न्यायपूर्ण ढंगले निर्णय गर्ने बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत् सभापति थापाले उम्मेदवार चयनका विषयमा सबैसँग छलफल भइरहेको र भोलिसम्म टुंगोमा पुग्ने बताए।

‘हामी उम्मेदवार छनोटको अन्तिम चरणमा छौँ। समय र प्रक्रियागत बाध्यताबीच पनि समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ,’ थापाले भनेका छन्, ‘भोलि सबैजना आ-आफ्नो क्षेत्रमा गएर पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा एकढिक्का भएर लागौँ । यो व्यक्तिगत होइन, पार्टीको साझा अभियान हो।’

पार्टीभित्र देखिएका छलफल र निर्णय प्रक्रियाबारे स्पष्ट पार्दै सभापति थापाले भोलिदेखि सबै नेता–कार्यकर्ता आ–आफ्नो क्षेत्रमा गएर पार्टीका आधिकारिक उम्मेदवारको पक्षमा एकताबद्ध भएर लाग्न आग्रह गरेका छन्।

‘यो व्यक्तिगत विषय होइन, पार्टीको साझा अभियान हो,’ सभापति थापाले भनेका छन्, ‘नेपाली काँग्रेसलाई बलियो बनाउन सबैको एकता र समर्पण आवश्यक छ।’ उनले पार्टीका निर्णयलाई सम्मान गर्दै संगठन र लोकतान्त्रिक मूल्यको पक्षमा उभिन सबैलाई आह्वान गरेका छन्।

उम्मेदवार छनोटका क्रममा देखिएका असन्तुष्टि स्वाभाविक भए पनि त्यसलाई चुनावी अभियानमा असर पर्न नदिन उनले अपिल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने