"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

पूर्वसभापति देउवाले गरे चुनाव नलड्ने घोषणा

प्रकाशित मिति :  20 January, 2026 8:39 am


काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले उक्त जानकारी दिएका हुन्।

‘शेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु,’ उनले भनेका छन्। पूर्वसभापति देउवाले डडेल्धुराबाट चुनाव लड्न टिकट मागिरहेका थिए, तर कांग्रेसले दिन मानिरहेको थिएन। विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले देउवालाई संरक्षक रहँदै अभिभावकीय भूमिका निर्वाह गर्न भनेको थियो।

‘निवर्तमान सभापतिज्यूले आज बेलुकीसम्म पनि अन्तिम पटक डडेल्धुराबाट चुनाव लड्न चाहन्छु भन्ने खबर पठाइरहनुभएको थियो। उहाँलाई हामीले अभिभावकीय भूमिकामा रहन भनेका थियौं,’ कांग्रेसका एक पदाधिकारीले भने, ‘निवर्तमान सभापति देउवालाई उम्मेदवार बनाउँदा पार्टीभित्र आएको रूपान्तरण र पुस्तान्तरणको सन्देश नै खलबलिन्थ्यो। त्यसैले हामीले उहाँलाई उम्मेदवार बनाएनौं।’

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ। उम्मेदवार हेरेर जित्न सक्ने नेताहरूलाई टिकट दिन संस्थापन पक्ष तयार भए पनि निवर्तमान सभापति देउवालाई भने टिकट दिने पक्षमा पदाधिकारीहरू थिएनन्।

देउवाले २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट चुनाव लड्दै र जित्दै आएका थिए। उनी अहिलेसम्म सात पटक निर्वाचित भइसकेका छन्।गृहमन्त्रीका रूपमा सरकारमा प्रवेश गरेका देउवा पाँच पटक प्रधानमन्त्री भए।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ– ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ। प्रधान न्यायाधीश डा.

काठमाडौं — प्रतिनिधिसभाको शुक्रबारको बैठकले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । त्यसअघि अर्थमन्त्री स्वर्णिम

काठमाडौँ — ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले तीन पूर्वप्रधानमन्त्रीहरूसँग छलफल गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद्‌मा गरेको ‘भारतले मात्रै होइन, नेपालले पनि भारतीय भूमि मिचेको छ’ भन्ने