"समृद्ध नेपाल, सुखी नेपाली"का लागि सुशासन नेपाल

स्थानीय निर्वाचन : स्वतन्त्र उम्मेदवार १३ पालिकामा विजयी

प्रकाशित मिति :  ८ जेष्ठ २०७९, आईतवार १४:१७


काठमाडौं । देशका सातै प्रदेशका विभिन्न स्थानीय तहको प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारहरु निर्वाचित भएको छन् । यो समाचार तयार पार्दासम्म निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार प्रदेशगतरुपमा विजयी स्वतन्त्र उम्मेदवारको अवस्था निम्न अनुरुपको छ । हालसम्म घोषणा भएको आधिकारिक विवरण अनुसार १३ पालिकामा स्वतन्त्र उम्मेदवारले विजयी भएका छन् ।

प्रदेश १ मा दुई पालिका अध्यक्षमा स्वतन्त्र विजयी

प्रदेश १ अन्तर्गत भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार दाँथल कुमार कुलुङ राई विजयी भएकाछन् । उनले एक हजार ८१४ मत प्राप्त गरे । राईको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसको महेश राईले एक हजार ७८६ मत ल्याएका छन् ।

यसैगरी, ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली फराकिलो मतान्तरले विजयी भए । रुम्दालीले पाँच हजार २१ मत ल्याए भने उनको निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का रुप लाल तामाङले तीन हजार ८१६ मत प्राप्त गरे ।यस प्रदेशको दुई जिल्ला अन्तर्गत दुई गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेद्वार विजयी हुनुभएको छ ।

मधेश प्रदेशमा एक नगरप्रमुख र उपप्रमुख दुवैमा स्वतन्त्र विजयी

महोत्तरीको बर्दिबास नगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेद्वार प्रहलाद कुमार क्षेत्री विजयी भए । उनले १४ हजार २१० मत पाए । क्षेत्रीका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका राजु खड्काले आठ हजार ३२३ मत आयो ।

बर्दिबास नगरउपप्रमुखमा पनि स्वतन्त्र उम्मेद्वार तारा देवी विजयी भए । उनले नौ हजार ७३६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्ण माया गौतमले आठ हजार १८५ मत ल्याए ।

गण्डकी प्रदेशमा एक गाउँपालिका उपाध्यक्षमा स्वतन्त्र विजयी

मनाङ्गको मनाङ ङिस्याङ गाँउपालिका उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार छिरिङ गुरुङ ७४४ मतसहित विजयी भए । गुरुङको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रिन्जेन धोर्जे गुरुङले ७१९ मतमा रोकिए ।

कर्णाली प्रदेशमा दुई नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष र एक उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार

जुम्लाको चन्दननाथ नगरपालिका प्रमुुखमा स्वतन्त्र उम्मेद्वार राजु सिंह कठायत दुई हजार ४०३ मतसहित विजयी भए ।

यसैगरी, कालिकोटको खाँडचक्र नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार कमल बहादुर शाही दुई हजार ९१९ मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका पदमबहादुर शाहीले दुई हजार ३४१ मत प्राप्त गरे ।

यसैगरी, डोल्पाको डोल्पो बुद्ध गाउँपालिका अध्यक्षमा कार्मा छोइवेल गुरुङ, कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्षमा मोहनबहादुर केसी र हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा प्यारी लाल शाही विजयी भए । उनीहरु तीनै जना स्वतन्त्र उम्मेदवार हुन ।

यसैगरी, डोल्पाको शे फोक्सुन्डो गाउँपालिका उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार पेम्मा वाङछेन गुरुङ विजयी भइका छन् ।

सुदूरपश्चिम प्रदेशमा एक गाउँपालिका अध्यक्ष र एक नगरउपप्रमुखमा स्वतन्त्र

बाजुराको बुढीनन्दा नगरउपप्रमुखमा स्वतन्त्र उम्मेद्वार रामबहादुर बोहरा विजयी भए । बोहोराले चार हजार ७७ र उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रिता देवी सिंहले तीन हजार ६७७ मत प्राप्त गरे ।

यसैगरी, बैतडीको डीलासैनी गाउँपालिका अध्यक्षमा सन्तोष प्रकाश जोशी तीन हजार १८९ मतसहित विजयी भएकाछन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज (शुक्रबार) शिष्टाचार भेट गरेका छन्। प्रधानमन्त्री तथा

झापा – नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ

काठमाडौँ – प्रतिनिधिसभाका विषयगत समितिहरू कानुन निर्माणमा सुस्त देखिएका छन् । संसद् अधिवेशन अन्त्य भएको दुई महिनामा कुनै पनि समितिले विचाराधीन

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई आफ्नो सेवा शुल्क सार्वजनिक गर्न परिपत्र गरेको छ। मन्त्रालयको गुणस्तर